शारदानगर ।भरतपुर महानगर भित्र रहेका पश्चिम चितवनका सवै वडाहरूमा सार्वजनिक सुनुवाइ सम्पन्न गरीएको छ।
वडाबाट प्रवाह गरिएका सेवा सुविधाको उपयोगिता, कार्यक्रमको उपलब्धि र बजेट व्यवस्थापनका सबल र कमजोर पक्षका विषयमा नागरिकको धारणा बुझ्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
वडा द्वारा विगतमा संचालन गरिएका कार्यक्रमहरूको उपलब्धि र व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिदै सार्वजनिक सुनुवाइमा वडा स्तरमा संचालन भएका नीति, योजना, बजेट र कार्यक्रमका बारेमा समुदाय तहमा जानकारी गराई दोहोरो संवाद गराइएको थियो ।
भरतपुर–२० मा महानगरका वातावरण शाखा प्रमुख विराट घिमिरे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरिकले थाहा पाउनु अधिकारको कुरा भएकाले सार्वजनिक सुनुवाइ गरेर जनताका गुनासा र जिज्ञासा सुन्न खोजिएको भरतपुर २० का वडाध्यक्ष मुक्तीप्रसाद घलेले बताए ।
देशभरका न्यून पूंँजीकरण खर्च भईरहेका बेला भरतपुर–२० ले भने आर्थिक वर्ष ०७९्८० मा शतप्रतिशत प्रगति हासिल गर्न सफल भएको दाबी गरेको छ ।
कार्यक्रममा योजनाका बारेमा जानकारी दिंँदै वडाका इञ्जिनियर मिलन केसीले वडामा गरिएका भौतिक पूर्वाधारमा वडा नम्बर २० शतप्रतिशत सफल रहेको दाबी गरे । वार्षिक योजना तथा कार्यक्रमको विवरण सुनाउंँदै उनले केही काम प्राविधिक तथा कानुनका कारण सम्पन्न हुन नसके पनि वडाले तय गरेका योजना समयमै सम्पन्न भएको बताए ।
वडास्तरीय तथा नगरस्तरीय योजना तथा कार्यक्रम शतप्रतिशत सकिएको बताउंँदै उनले संघस्तरीय केही योजना अधुरो भएको जानकारी वडाका अधिकृत रामकृष्ण पाण्डेलेदिए ।
सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि आमा समूहका अध्यक्ष एवम् प्रतिनिधि तथा वडावासीको बाक्लो सहभागिता थियो । वडाले एकवर्षको अवधिमा उल्लेखनीय काम गरेको भन्दै वडावासीले प्रशंसा गरेका थिए ।
यसै गरी भरतपुर –१८ ले को आयोजनामा जिल्ला समन्वय समिति सदस्य कृष्ण भक्त भट्टराईको प्रमुख आतिथ्यता एवम भरतपुर महानगरपालिका वडा.न. १८ का वडा अदक्ष्य वावुराम रानाको अक्ष्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै भरतपुर–१७ ले वडाध्यक्ष ललितमान तामाङको अध्यक्षतामा र महानगरका स्वास्थ साखा प्रमुख दिपक सुबेदी अतिथ्यतामा कार्यक्रम सप्पन्न भएको छ । यसै गरी भरतपुर –१९ मा महानगरका प्रतिनिधि मधुराम दवाडी सहितको अतिथ्यतामा र वडाध्यक्ष प्रकास तामाङको सभापतित्व कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी वडावासीहरूले बजार अनुगमन, फोहोर व्यवस्थापन, खानेपानी, बाटो, कृषि, स्वास्थ्य, शिक्षा, वडा कार्यालयलगायतका विभिन्न विषयमा प्रश्नहरू राखेका थिए ।

