हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा अन्तर्गत विजयनगर सेवाकेन्द्रका सेयर सदस्यहरुको सभा सभ्य तथा भव्य रूपमा सुसम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष अमृतराज हमालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा शनिबार भरतपुर १६ स्थित चारपाते युवा समाजको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाका सचिव शारदा शर्मा पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । साधारणसभामा दुर्गा शेषकान्त अधिकारी मा.वि., विजयनगरका अध्यक्ष श्रीबहादुर हमाल, विजयनगर नारायणचोक बजार ब्यवसायी समितिका अध्यक्ष कुवेर पाख्रिन, समाजसेवी खगेश्वर शर्मा, विजय दुग्ध उत्पादक सहकारी संस्था लि.का उपाध्यक्ष ऋषिराम ढकाल, समाजसेवी ईश्वरी प्रसाद अधिकारी, पवन डेरी उद्योगका प्रोपाइटर पवन प्रसाद वास्तोला, पश्चिम चितवन पत्रकार मञ्चका सचिवालय सदस्य रामशरण गैरे, विजयनगर खानेपानी तथा सरसफाई उपोभोक्ता समितिका अध्यक्ष धनराज गुरुङ लगायतका व्यक्तित्वहरूको साथै उपस्थिति रहेको थियो ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले आ.व. २०७९/०८० को प्रगति प्रतिवेदन र आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम एवं संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उत्कृष्ट बचत कारोवार तर्फ १६ जना तथा ऋण कारोवार तर्फ ४ जना सदस्यलाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो ।

सेयर सदस्यहरुको तर्फबाट भानुभक्त सापकोटा र अन्जनप्रसाद अधिकारीले शुभकामना मन्तब्य राख्नु भएको थियो । साधारणसभामा सदस्यहरुले राख्नु भएको जिज्ञासा माथि संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले प्रकाश पार्नु भएको थियो ।

