आफूहरूको माग पूरा नभएसम्म नेकपा (एमाले)ले संसद्मा अवरोध जारी राख्ने भएको छ । आइतबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूका माग पूरा नभए एसीसीसहित कुनैपनि संसदीय गतिविधिमा भाग नलिने बताए ।
आफूहरूले फागुन १२ गतेका लागि बोलाइएको बैठकमा पनि वेल घेराउ गरेर नाराबाजी गर्ने उनको भनाइ छ ।
एमालेबाट निर्वाचित माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाहीबारे सभामुखले सूचना टाँस गर्नुपर्ने एमालेको माग छ ।
सरकारले आज एमसीसी सम्झौता टेबल गरेको छ । फागुन १२ गतेको बैठकमा यसबारे छलफल हुने कानुनमन्त्री दिलेन्द्र बडूले जानकारी दिएका छन् ।

