सन् १९४५ मा दोस्रो विश्वयुद्ध पछि अमेरिका विश्व शक्ति राष्ट्रको रुपमा उदय भयो। त्यसपछि सुरु भएको थियो शीत युद्ध। शीत युद्ध तत्कालीन सोभियत संघ र हालको संयुक्त राज्य अमेरिका बीच बिना हातहतियार लडिएको युद्ध थियो। बिना हातहतियार लडिएको युद्ध भएता पनि यस युद्धमा लाखौं व्यक्तिहरुले ज्यान गुमाउन पर्यो। अमेरिका र सोभियत संघ विश्वमा आफ्नो वर्चस्व कायम गर्न चाहन्थे। यसको लागि उनीहरुलाई अन्य देशको साथ चाहिएको थियो। उनीहरु प्रत्यक्ष लडाईं गरेनन्, अरु साना र कमजोर देशलाई लडाईंको मैदान बनाए। यसको उदाहरण राष्ट्रहरु हुन् श्रीलङ्का र नेपाल।
सोभियत सङ्घ विशाल थियो, तर यति विशाल राष्ट्र भएपनि उसलाई प्रकृतिले ठगेको थियो। उत्तरी ध्रुवमा पर्ने हुनाले यो राष्ट्रसँग धेरै बन्दरगाह छैनन्, र भएका पनि कुनै ६ महिना मात्र सञ्चालन गर्न मिल्ने छन्। यत्रो विशाल राष्ट्रमा जम्माजम्मी ३ वटा मात्र बन्दरगाह छन्। सोभियत रुसको सबैभन्दा ठुलो बन्दरगाह भोस्तोक्नी (Vostochny) प्रशान्त महासागरमा छ। यो रुसको व्यापारिक बन्दरगाह हो। यहाँबाट हिन्द महासागर हुँदै रुसको व्यापारिक मार्ग थियो। शीत युद्ध को बेलामा अमेरिका ले यो व्यापारिक मार्ग लाई अवरोध पुर्याउन खोजेको थियो।
अमेरिकाले हिन्द महासागरमा चहलपहल सुरु गर्न थाल्यो। यसको लागि उसले श्रीलङ्का लाई आफ्नो पक्षमा पार्यो। त्यहाँ विकास निर्माणका काम, सडक बनाउने देखि लिएर सम्पूर्ण कामहरुमा पैसा खर्च गरिदियो। यसको लागि उसले श्रीलङ्काको उत्तर पूर्वमा रहेको त्रिन्कोमाली (Trincomalee) स्थित बन्दरगाहमा अत्याधुनिक रडार राख्ने अनुमति श्रीलङ्का सरकारबाट पायो। यो रडारबाट उसले सोभियत रुसका जहाजहरु को बारेमा जानकारी लिन सक्थ्यो। यसपछि रुस आत्तिएर भारतसँग सहयोग माग्न पुग्यो। भारत असंलग्न राष्ट्र थियो तर पनि १९७१ मा पाकिस्तान टुक्राउन रुसले भारतको सहयोग गरेको हुँदा, भारतले रुसलाई सहयोग गर्ने प्रतिबद्धता दियो। त्यस समयमा भारतमा प्रधानमन्त्री ईन्दिरा गान्धी थिइन्।
सन् १९८३ मा भारतले आफ्नो चाल चल्यो। श्रीलङ्काको उत्तरमा तामिलहरुको बाहुल्यता थियो र यही क्षेत्रमा अमेरिकाले बन्दरगाह लिएको थियो। त्यसपछि भारतले भेलुपिलाई प्रभाकरण (Velupillai Prabhakaran) नाम गरेको एउटा तामिल मुलको व्यक्तिलाई उचालेर श्रीलङ्कामा भाषाको नाम गृहयुद्ध सञ्चालन गरिदियो। प्रभाकरण ले भारतीय डिजाइन बमोजिम हतियार उठायो र श्रीलङ्काको उत्तरमा अलग देशको माग गर्न थाल्यो। भारतले जसरी पाकिस्तान टुक्राएर बङ्गलादेश बनाएको थियो यसरी नै श्रीलङ्का टुक्राउन गृहयुद्ध सुरु गरिदियो। LTTE (Liberation Tigers of Tamil Eelam) नामक एक संगठन बनाएर प्रभाकरणले श्रीलङ्का विरुद्ध विद्रोह सुरु गर्यो। LTTE सँग अत्याधिक हातहतियार थिए। यहाँसम्म कि उनिहरुको वायु सेना र जल सेना पनि थिए। भारत र रुसले उनीहरु लाई प्रयाप्त हतियारहरु प्रदान गरे। यसपछि श्रीलङ्का सरकार कमजोर हुँदै गयो। उसले अमेरिकीहरुलाई आफ्नो देश छाड्न आग्रह गर्यो। यसपछि भारत आफ्नो योजनामा सफल भयो तर उसले जुन गृहयुद्धको आगो सल्काएको थियो यसको कारण भारतको दक्षिणी राज्य तमिलनाडुमा पनि असर पर्न थाल्यो। यसपछि भारतले श्रीलङ्का सरकारसँग सहमति गर्यो। र भारतीय आर्मी श्रीलङ्का छिरेर तामिल विद्रोहीहरु सँग लडे र उनीहरूलाई दबाउन थाले। यसबाट प्रभाकरण रुष्ट भयो। भारतको दुइजिब्रे प्रवृत्ति देखेर विद्रोही तामिल हरुले सन् १९९१ मा भारतिय प्रधानमन्त्री राजिव गान्धीको हत्या गरिदिए। राजिव गान्धी पूर्व प्रधानमन्त्री ईन्दिरा गान्धीका छोरा पनि थिए।
यसरी श्रीलङ्का दुई शक्ति राष्ट्र हरुको खेल मैदान बनेको थियो। सन् २००९ सम्म श्रीलङ्कामा गृहयुद्ध चल्यो, जसका कारण एक लाख भन्दा बढी मानिस ले ज्यान गुमाए।
नेपालको माओवादी जनयुद्ध पनि शीत युद्धकै परिणाम हो भन्न सकिन्छ। अमेरिका र नेपालको सम्बन्ध सुदृढ भएपछि नजिकैको चिन र भारत रुष्ट थिए। सन् १९८६ मा राजा वीरेन्द्रको अमेरिकी भ्रमण पछि यस क्षेत्रमा अमेरिकाको चासो बढेको थियो। अमेरिका ले नेपालमा अस्पताल हरु बनाउन थाल्यो। अमेरिका को उपस्थिति नेपालमा बढ्न थाल्यो। नेपालमा जनयुद्ध सुरु भयो। जनयुद्ध २०४५ (सन् १९८८) बाटै सुरु गर्ने योजना रहेको थियो। तर जनआन्दोलनका कारण यो पछि धकेलिएको थियो। यसपछि नेपालमा राजतन्त्र सङ्कटमा पर्यो र अन्तिममा हट्यो पनि। १७००० भन्दा बढीले ज्यान गुमाउन पर्यो। यो संयोग मात्र थिएन।
अहिले पनि अमेरिका र चिन बिच शीत युद्ध नै चलेको छ। शक्ति राष्ट्र हरु आणविक हतियार को मातमा छन्। यस्तो अवस्थामा कुनै एक राष्ट्र को मात्र पक्ष लिए नेपाल पुन: एक पटक शक्तिशाली राष्ट्रहरुको लडाईंको मैदान बन्ने निश्चित छ। MCC होस् अथवा BRI नेपालको हितमा नहुने कुनैपनि अनुदान लिनुभन्दा अगाडि हामीले हजार पटक सोच्नुपर्ने हुन्छ नत्र श्रीलङ्कामा जे भयो त्यो नेपालमा नहोला भन्न सकिन्न किनकी नेपालीलाई जात, भाषा र धर्म को नाममा लडाउन गाह्रो छैन।
एमसीसी: चीन लाई घेर्ने रणनीति ?
एमसीसी: चीन लाई घेर्ने रणनीति ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु