नेपाली कांग्रेस चितवनको पदाधिकारीको मतगणना विहान ११ बजेबाट पुनः सुरु हुने भएको छ । विहान ५ बजेसम्म १३ सय मतगणना पश्चात विश्रामका लागि गणना स्थगित गरिएको थियो । आज पदाधिकारीको गणना दिनभर लाग्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
२ जना उपसभापतिका लागि १५ जना प्रतिस्पर्धामा छन् । १३ सय मत गणना हुँदा शालिग्राम शर्मा पौडेल र राजीव न्यौपानेले अग्रता लिएका छन् । पौडेलले ४१४ मत प्राप्त गरेका छन् भने न्यौपानेले ३८१ मत प्राप्त गरेका छन् ।
यस्तै शुरविर पोखरेल (२७०), बुद्धिबहादुर गुरुङ (२३६), महेश बानियाँ (२२१), रघुनाथ भट्ट (१४७), नीलमणि पाठक (१३०), उद्धवबहादुर लोहनी (१२९), भुवन खनाल (१०५), निर्मलकुमार श्रेष्ठ (९१), हेमलाल भट्टराई (७५), राजेन्द्र डोटेल (७३), तेजप्रसाद अधिकारी (६६), राजन गौतम (५३), र मोहितजंग पांडे (४), मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा २ जना सचिवका लागि ८ जना प्रतिस्पर्धामा छन् । १३ सय मत गणना हुँदा सूर्य अर्याल र ध्रुवराज पोखरेलले अग्रता लिएका छन् । अर्यालले ५४० मत प्राप्त गरेका छन् भने पोखरेलले ३६८ मत प्राप्त गरेका छन् ।
यस्तै भरतप्रसाद दवाडी (३११), निर्मलराज पौडेल (२६३), सूर्य ढकाल (२१५), दीपक अधिकारी (१६८) र शिवप्रसाद शर्मा पौडेल (१०६)मत प्राप्त गरेका छन् ।
यसैगरि २ जना सहसचिवका लागि १० जना जना प्रतिस्पर्धामा छन् । १३ सय मत गणना हुँदा गोपाल दराई र विनिता चापागाईले अग्रता लिएका छन् । दराईले ४२० मत प्राप्त गरेका छन् भने चापागाईले ३०९ मत प्राप्त गरेकी छन् ।
यस्तै दिनेश अधिकारी (३०६), राजन कार्की (३०३), झलकबहादुर गुरुङ (२९७), केदारनाथ पन्त (१८४), केशवनारायण श्रेष्ठ (१४८), नवीनराज पौडेल (१३४), भोजराज देवकोटा (१२७) र प्रदीपचन्द्र पण्डित (६२) मत प्राप्त गरेका छन् ।