चितवन,फागुन २६ || चितवनमा अर्कैको चेकमा नक्कली हस्ताक्षर गरी ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका १ का ३६ बर्षिय उज्वल कुँबर र मकवानपुरको हेटौडा उपमहानगरपालिका ११ नवलपुरका प्रभाकर भनिने सुदिप कार्की रहेका छन् । उनिहरुले रत्ननगर नगरपालिका १ सौराहारोड स्थित न्यू लक्ष्मी इन्टरप्राइजेजका संचालक कृष्णप्रसाद तिवारीसंग रड खरिद बापत अरुको चेकमा नक्कली हस्ताक्षर गरी दिएका थिए ।
उनिहरुले माघ १४ गते ४ लाख ६८ हजार ४३५ रुपैंयाको नक्कली चेक काटेका थिए । फरार रहेका उनिहरुलाई फागुन २५ गते (हिजो) चितवनको कालिका नगरपालिका १ लंकालाइनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

