भरतपुर । चितवनको इच्छाकामना गााउँपालिका वडा नं २ रमाइलो डाँडाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल शुक्रबार बेलुकी ५ बजेको समयमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका वडा नं २ बस्ने ३४ वर्षीय नवीन गुरूङ, इच्छाकामना गाउँपालिका वडा नं ३ बस्ने ३० वर्षीया प्रतिभा गुरूङ र उनका पाँच वर्षीय छोरा आरोन रहेका छन् ।
मोटरसाइकल सडकबाट करिब ४०० मिटर तल खसेको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले निजहरुको घटनास्थलको लास जाँच मुचुल्का तयार पारी पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।