चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवनमा आएर दम्भ देखाएको बताएका छन् ।
कांग्रेसले स्थानीय तहमा प्रतिनिधि छान्ने जिम्मा स्थानीय निकायलाई नै दिने भनिरहँदा चितवन कांग्रेस भनेर केही हुँदैन भन्दै प्रचण्डले दम्भ देखाएको बताएका हुन् । ‘नेपाली कांग्रेसले स्थानीय निकायलाई जिम्मे दिने भनेको छ । शुक्रबारबाट बहस छ । जिल्ला भनेर हुन्न केन्द्रले गर्छ भन्नु दम्भ होइन ?’, उनले प्रश्न गरे ।
उनले अघि भने,’चुनाव त जिल्लाले जिताउन पर्ने होला नि । त्यो भन्न हुन्छ ? गलत भन्नु भएको चाह । उनले प्रचण्डले यस्तै शैली देखाउने हो भने चितवनमा गठबन्धन नहुने बताए । ‘यही प्रवृति, यही शैली हो भने गठबन्धन हुँदैन चितवनमा’, उनले भने । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने बताएका थिए ।
उनले २०७४ सालको जस्तो गठबन्धन हुँदैन नहुने बताए । माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गरे मात्र गठबन्धन बारे छलफल हुने उनको भनाइ थियो । ‘२०७४ सालको जस्तो गठबन्धन हुँदैन, उनले भने,’हिजो माओवादीबाट गल्ति भएको छ, घात भएको छ, धोका भएको छ । त्यसलाई पूर्ति गर्नका लागि चितवनमा बिना शर्त हामी कांग्रेसलाई सहयोग गर्छौं भनेपछि बल्ल गठबन्धनको छलफल हुन्छ ।’