जिल्ला प्रशासन कार्यालय चितवनले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजतप्राप्त हातहतियारहरु २०७८ चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो । जिल्लाभित्र रहेका हातहतियारहरु नजिकको प्रहरी इकाईमा बुझाउन हातहतियार धनीलाई अनुरोध गर्ने चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो ।
मंगलबार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार इजाजतप्राप्त हातहतियारहरु निर्वाचनपश्चात फिर्ता हुनेगरी चैत मसान्तभित्र नजिकको प्रहरी इकाईमा बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुचना मार्फत जानकारी दिनुभएको छ ।