सुशील पौडेल, भरतपुर | नेपाली कांग्रेसको सम्पन्न केन्द्रिय महाधिवेशनबाट युवाहरु नेतृत्वमा स्थापित भए पश्चातआसन्न स्थानिय निर्वाचनमा नेतृत्व लिन युवाहरु तयार रहनुपर्ने चर्चा कांग्रेस वृत्तमा चल्न सुरु भएको छ। हालै सम्पन्न नेपाली कांग्रेसको चितवन जिल्लाअधिवेशनबाट युवालाई उल्लेखनिय संख्यामा निर्वाचित गराएको परिप्रेक्ष्यमा भरतपुर वडा न २० मा पनि त्यसको प्रभाव देखापर्न थालेको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवम् क्रियाशील युवाहरु बताउँछन्।
यसरी भरतपुर वडा न २० को वडा वडाध्यक्षको रुपमा युवाहरुको तर्फबाट नेतृत्व लिन तयार रहेका सम्भावित उम्मेदवारहरुको सुचिमा चर्चामा आएका नामहरु क्रमश विश्वास घले,सोमप्रसाद भण्डारी ,लोकेन्द्र गुरुङ्ग, बसन्त कुमार पौडेल,हिरेन्द्र बराल, होमराज रेग्मी रहेको जानकारी चित्रवन खबरलाई प्राप्त भएको छ।
विश्वास घले वडा नं २० का क्षेत्रीय प्रतिनिधि हुन् साथै उनि साबिक चित्रवन नगरपालिका अन्तर्गत तरुण दलको अध्यक्ष र भरतपुर महानगरपालिकाको सह-अध्यक्ष रहेर काम गरेको अनुभव पनि छ। उनि पनि यो स्थानीय तहको निर्वाचनमा युवा वडाध्यक्षको आकांक्षीको रुपमा देखिएका छन्।
सोमप्रसाद भण्डारी नेपाली कांग्रेस प्रदेश ३ “क” को कोषाध्यक्ष तथा वाग्मती प्रदेशको प्रदेश प्रतिनिधि पनि रहेका छन्। साथै भण्डारी व्यक्तित्व विकास संस्था जेसिजमा पनि सक्रिय रहेका छन्। उनलाई पनि आसन्न स्थानीय निर्वाचनमा वडाध्यक्षको आकांक्षीको रुपमा हेरिएको छ।
अर्का युवा वडाध्यक्षको आकांक्षीमा वर्तमान वडा सदस्य एवम् युवा नेता लोकेन्द्र गुरुङ्ग पनि चर्चा स्थानीय स्तरमा व्यापक चर्चा चलेको छ। गुरुङ्ग क्षेत्र नं ३ को क्षेत्रीय सदस्य पनि रहेका छन्। उनि वडा नं २० को कार्यसमितिमा रहँदा उर्जाशील वडा सदस्यको रुपमा चर्चित छन्।
त्यसैगरि अर्का आकांक्षी हुन्, बसन्त कुमार पौडेल। भरतपुर २० का क्षेत्रीय प्रतिनिधि पौडेल लामो समय देखि शिक्षण पेसामा आवद्द रहेका छन्। उनि शारदानगर स्थित सहिद स्मारक कलेजका क्याम्पस प्रमुख रहेका छन्। उनलाई एक बौद्धिक व्यक्तित्वका रुपमा हेरिएको छ।
अर्का वडाध्यक्ष आकांक्षीका रुपमा हेरिएका हुन्, हिरेन्द्र बराल। शंखरचोक निवासी बराल क्षेत्रीय प्रतिनिधि हुन्। उनि क्षेत्र नं ३ प्रदेश “क” को उपसभापतिको प्रत्यासी रहेका थिए।
र अर्का युवा आकांक्षीका रुपमा देखिएका छन् चनौलीका होमराज रेग्मीको चर्चा चलेको पाइएको छ। उनि क्षेत्रीय प्रतिनिधिका साथै युवा व्यवसायी पनि हुन्।
एकातिर नेपाली कांग्रेस वृत्तमा युवाहरुको नाम चर्चामा आउनु वडाको समग्र वृद्धिविकासको लागि निकै आसलाग्दो कुरा रहेको क्रियाशील युवाहरु बताउँछन् भने अर्को तिर के युवाहरु आफ्नो नेतृत्वलाई विश्वासमा लिई अघि बढ्न सफल होलान त प्रश्न पेचिलो बनेको छ।