सुशील पौडेल, भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी तालमेल भए पनि पार्टीलाई खासै फरक नपर्ने बताईरहेका छन्। आसन्न स्थानिय निकायको निर्वाचनमा मुलुकको सबभन्दा ठूलो दल नेकपा एमालेबाट भरतपुर २० चितवनको वडाध्यक्षको आकांक्षीको रुपमा तिन जनाको नाम चर्चामा रहेको खबर प्राप्त भएको छ । वडा-२० मा सम्मुन्नत समाजको निर्माण एवम् विकासका लागि उर्जाशिल युवाहरु अग्रपंतीमा आई नेतृत्व लिन तयार रहनुपर्ने चर्चा परिचर्चा व्यापक भैरहेको बेला यसरि मुख्यतय युवाहरुको नाम आउनुले हर्षित बनाएको नेकपा एमाले आवद्द युवाहरुले बताएका छन्।
यसरि चर्चामा आएका नामहरु क्रमस मानदेव पौडेल र देव बहादुर पाख्रीन रहेका छन्।
एमालेबाट वडाध्यक्षका आकांक्षी मानदेव पौडेल नेकपा एमालेका उर्जाशील युवा नेता हुन्। उनि २०७४ को स्थानीय निर्वाचनमा प्रत्यासी पनि रहेका थिए। पौडेल भरतपुर महानगरपालिका कमिटिको सदस्य पनि हुनुहुन्छ। अर्का उम्मेद्वारका आकांक्षी हुन्, देव बहादुर पाख्रीन नेकपा एमाले वडा नं २० कमिटिको वडाध्यक्षको रुपमा कार्यरत छन्। उनि लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका छन्।
एकातिर वडा न -२० को नेतृत्व लिने सन्दर्भमा युवाहरुको नाम चर्चामा आउनु वडाको समग्र वृद्धि विकासको लागि निकै आसलाग्दो कुरा रहेको युवाहरु बताउँछन् भने अर्को तिर के युवाहरु आफ्नो नेतृत्वलाई विश्वासमा लिई अघि बढ्न सफल होलान त !! प्रश्न पेचिलो बनेको छ।