नजिकिँदै गरेको स्थानीय निर्वाचनमा गरिने तालमेलबारे सत्ता गठबन्धनका नेताहरुले आज छलफल गर्दै छन् ।
गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक चुनावी तालमेलबारे छलफल गर्नका लागि बिहान ९ बजे बस्ने तयारी छ । सत्ता गठबन्धनले स्थानीय चुनावमा सहकार्य गर्ने सहमति गरेका छन्, तर अहिलेसम्म तालमेलको मोडालिटी भने तयार भएको छैन ।
स्थानीय तहसम्म आफ्ना नेता कार्यकर्ताको चित्त बुझाउने गरी तालमेल गर्नु पर्ने शीर्ष नेतालाई चुनौति छ ।