• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • ३८ मिनेट 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ३ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ६ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ६ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • १० घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १० घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • ११ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • ११ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ६. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ७. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • १०. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

नेपाल र दक्षिण कोरियाबीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

  •   ३ महिना अघि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पुर्‍याउन राजदूत पार्कसँग आग्रह गरेका थिए ।

राजदूत पार्कले इपिएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ ।

मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकाले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका थिए । रोजगार अनुमति प्रणालीअन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उनले आग्रह गरे ।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली कामदार लैजाँदै आएको छ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् । इपिएसअन्तर्गत नेपाली कामदारको सङ्ख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताएका थिए ।

सन् २०१८ मा इपिएसअन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार नेपाली रोष्टरमा रहने म्याद सकिएकाले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गरे।

मन्त्री श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरूका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए ।

रोजगार अनुमति प्रणालीअन्तर्गत नेपाली नागरिक ठूलो सङ्ख्यामा दक्षिण कोरिया जाने गरेकाले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सूचीकृत गर्न, कोभिड महामारीका कारण सीधा उडान मात्र हुने गरेकाले ट्रान्जिट हुँदैसमेत जाने व्यवस्था गर्न पनि उनले आग्रह गरे । जसबाट हवाई भाडा सस्तो पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । नेपाल वायुसेवा निगमले पनि काठमाडौँ–कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदूतसँग चासो राखेका थिए । मन्त्री श्रेष्ठले अहिले वैदेशिक रोजगार व्यवस्थापनको कार्यक्षेत्र सङ्घीय सरकारमा मात्र निहित रहेकाले मौसमी कामदारको रूपमा रोजगारी दिन स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजिएको विषयमा नीतिगत स्पष्टता कायम गर्दै अघि बढ्न नेपाल सरकार तयार रहेको बताए ।

मन्त्री श्रेष्ठले नेपाल सरकारको नीतिअनुसार मौसमी कामदारको रुपमा जाने व्यक्तिहरू ‘एम्प्लोई पे पोलिसी’ अवलम्बन हुने गरी दक्षिण कोरिया जाऊन् भन्ने अपेक्षा गरिएको बताए।

दक्षिण कोरिया सरकारको सहयोगमा बुटललमा सञ्चालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवा लाभान्वित भएको बताउँदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम सञ्चालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गरेका थिए ।

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनः एकीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए ।

पुनः एकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ। कोरियामा ६५ हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन्। नेपालीहरू मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताएका थिए ।

रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
यूकेमा मौसमी रोजगारीका लागि कति खर्च हुन्छ र किन नेपालीले धेरै पैसा तिर्नुपरेको छ?
दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटियो

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.