नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले आफ्नो ५३ औं स्थापना दिवसको अवसर पारेर वृद्धवृद्धा तथा अनाथ, असहायहरुको लागि मिष्ठान्न भोजन कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर ९ मा रहेको चितवन मानवसेवा आश्रममा सो कार्यक्रम गरिएको ने.वि.स का उपाध्यक्ष रोशन बस्नेतले जानकारी दिनु भएको छ। सो संस्थामा रहेका ५० वृद्धवृद्धा तथा अनाथ, असहायहरुलाई मिष्ठान्न भोजन गराइएको उहाँले बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव ध्रुव पोख्रेल रहनु भएको थियो। कार्यक्रममा क्षेत्र नं ३ का सदस्य सुरज पाठक, भरतपुर वडा नं ७ का सभापति विनोद ढकाल लगायत ने.वि.सं सदस्य हरू को उपस्थिति रहेको थियो।
ने. वि.सं का जिल्ला सचिव गणेश रिजालले संचालन गर्नु भएको कार्यक्रम संघका कार्यवाहक सभापति राजन दाहालको अध्यक्षतामा सम्पन्न भएको हो।