चितवन,वैशाख ९ : चितवनमा शुक्रबार ( आज ) आएको भिषण हावाहुरीका कारण भरतपुर–४ यज्ञपुरीमा रहेको सामुदायिक रेडियो भरतपुरको टावर ढलेको छ । टावर ढलेसंगै प्रशारण अबरुद्ध भएको छ
हावाहुरीले टावरसंगै सोलार प्यानल समेत उडाएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए । करीब एक महिना अघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । हावाहुरीका कारण रेडियोमा नवनिर्मित टावर ढल्दा करिब १५ लाख बराबरको क्षति भएको अध्यक्ष पौडेलले बताए । टावरमा क्षति भएसंगै सो क्षेत्रको विद्युत समेत अबरुद्ध भएको छ ।।