नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ । नेकपा एकीकृत समाजवादीको शनिबार बसेको बैठकले आचार्यलाई पोखरा महानगरको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एक उच्च श्रोतले जानकारी दिएको छ तथापि बैठकबाट औपचारिक रुपमा आचार्यको नाम टुंगिएपनि सार्वजनिक भने भोलि आइतवार हुने उनले बताएका छन्।
बैठकको निर्णयबारे जानकारी दिदै नेकपा एकीकृत समाजवादीका एक पोलिटब्यूरो सदस्यले भने,‘निर्णय भइसकेको छ तर सार्वजनिक भोलि आइतबार मात्रै गर्ने भनेर गोप्य राखिएको छ ।’ उनले आचार्यको नाम गठबन्धनको बैठकले पहिले नै तय गरेकोपनि दाबी गरे । उनले थपे ‘पार्टीबाटै निर्णय होस् भनेर औपचारिकता मात्रै दिइएको हो नत्र त गठबन्धनको बैठकले नै आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो। ’
राजनैतिक संगै सामाजिक संस्था लायन्स क्लवका पुर्व गभर्नर आचार्य एक स्पष्टवक्ता र कुशल नेतृत्वकर्ता पनि हुन्। आचार्यले टिकट पाएको खण्डमा गठबन्धनबाट जित सुनिश्चित हुने र पोखरावासीले एक असल महानगरको नेतृत्व पाउने पनि उनि निकट बताउँछन्।