चितवन ,बैशाख -१२ : चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता भएको छ।
प्रमुखमा माओवादी केन्द्रको तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन्। उनी यसअघि पनि प्रमुख नै थिइन्।
त्यस्तै, उपप्रमुखमा कांग्रेसका तर्फबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। उनी यसअघि भरतपुर महानगरपालिकाको वडा नम्बर २१ का वडाअध्यक्ष थिए।
सत्ता गठबन्धन पाँच दलले गरेको बाँडफाँटमा भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः माओवादी केन्द्र र कांग्रेसले उम्मेदवारी दिने तय भएको थियो।