ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका—६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका—५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।