• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
  • ३० मिनेट 

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • १ घण्टा 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • १ घण्टा 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • १ घण्टा 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • १ घण्टा 

तपाइंको आजको राशिफल
  • १ घण्टा 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • २ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • २ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • ३ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ८. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. आफ्नो आम्दानीको २ प्रतिशत सामाजिक सेवामा खर्च गर्ने सन्तोष शाहको भनाइ

वितेको पाँच वर्षमा थालिएका कामको पूर्णता दिनको लागि गठबन्धनको जीत आवश्यक : मेयर उम्मेदवार रेनु दाहाल

  •   २ महिना अघि

भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेद्वार रेनु दाहालले आफूले बितेको पाँच वर्षमा गरेको कामको मूल्याँकन गर्न अनुरोध गरेकी छन् ।

चितवनको भरतपुर आयोजित प्रतिष्ठित पेशाकर्मी एवं बुद्धिजीविहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै आइतबार अपरान्ह दाहालले त्यस्तो अनुरोध गरेकी हुन् । भरतपुर महानगरकी निवर्तमान प्रमुख एवं गठबन्धनबाट भरतपुरको साझा मेयर उम्मेद्वार रहेकी दाहालले संविधान र लोकतन्त्रको रक्षामा बुद्धिजीविको महत्वपूर्ण भूमिका हुने बताइन् ।

मुलुकमा समस्या आइपर्दै गर्दा विभिन्न कोणबाट देशलाई बचाउन आफुमा निहित बौद्धिकताको प्रयोग गर्दै आउनु हुने आम बुद्धिजीवि एवं पेशाकर्मीले आफुलाई पनि सच्चिन र राम्रो काम गर्न सल्लाह र सुझाव दिंदै आएको स्मरण गर्दै दाहालले आफु सधै जनताको गुनासाहरु समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले मुलुकलाई प्रतिगमत तर्फ जाने खतराबाट जोगाउन वर्तमान गठबन्धन भएको विषयमा आम मतदातालाई सूसुचित गर्ने अभिभारा बौद्धिक समूदायको काँधमा आएको उनको भनाई थियो ।

त्यस्तै वितेको पाँच वर्षमा थालिएका कामको पूर्णता दिनको लागि गठबन्धनको जीत सुनिश्चिता गराउन पनि बुद्धिजीविको भूमिका महत्वपूर्ण हुने दाहालले बताइन् । वर्तमान गठबन्धनको बारेमा कुरा गर्दै उनले बौद्धिक जगतबाट आ–आफ्नो क्षेत्रबाट अभियान सञ्चालन आवश्यक रहेको बताइन् । उनले भनिन,“वर्तमान गठबन्धन गणतन्त्र, संविधान र परिवर्तनका पक्षधर र गणतन्त्र, संविधान र परिवर्तन विरोधीहरुको पक्षधर गरि दुई खेमामा रहेको छ । अहिले गल्ती र कमजोरी भयो भने पछि पछुताउनुको कुनै विकल्प छैन् ।”

सोही कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेद्वार चित्रसेन अधिकारीले महानगरलाई देशको मात्र नभएर एसियाकै उत्कृष्ठ महानगर बनाउन पाँच दलीय गठबन्धनको नेतृत्वले जित्न आवश्यक रहेको बताएका थिए । उनले विगतमा भएका गल्ती नदोह¥याउने गरि बौद्धिक क्षेत्रको सुझावको उचीत कदर गर्दै अगाडि बढने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्राडा देविप्रसाद कँडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै सभाध्यक्ष कँडेलले जनचेतना बढाउने र गठबन्धनको सान्दर्भिकतबारे जानकारी दिने जिम्मेवारी बौद्धिक वर्गको काँधमा आइपरेको बताएका थिए । उनले विगतको विवादलाई पर राखेर कुनैपनि भेदभाव विना गठबन्धनका सबै उम्मेद्वारलाई जिताउने गरि अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए । उनले परिवर्तनका आन्दोलनमा सधै अग्रपंतिमा रहने बौद्धिक वर्ग यस पटक पनि त्यस्तै भूमिका निर्वाह गर्न पछि पर्न नहुने बताएका थिए ।

कार्यक्रममा डा. विजयचन्द्र आचार्यले बौद्धिक जगतको भूमिकाको बारेमा आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रमले यस पटकको निर्वाचनमा बौद्धिक समूदायले बौद्धिक चेतनाको लागि कार्यक्रम गर्ने, कोणसभा गर्ने, बौद्धिक बहस र अन्तरक्रिया सञ्चालन गर्ने, बैचारिक नेतृत्व प्रदान गर्ने र हामी जिताउँछौ हाम्रो गठबन्धन भन्ने नारा अनुसार अगाडि बढ्ने प्रतिवद्धता गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटियो
३ मतले चुनाव हारेका एमाले उम्मेदवार थापाले हाले मुद्दा पुनः मतगणनाको माग
बालेनले नेपाली र नेपाल भाषामा सपथ लिँदा सुनिताले लिईन नेपाल भाषामा मात्र

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.