• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • ३ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • ५ घण्टा 

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ
  • ५ घण्टा 

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१
  • १५ घण्टा 

आठ करोडभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर
  • १६ घण्टा 

माओवादीमा पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग
  • १७ घण्टा 

सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली
  • १७ घण्टा 

भारतीय दूतावासका सुरक्षागार्डले गरे आफैंलाई गोली प्रहार, घटनास्थलमै मृत्यु
  • २० घण्टा 

रोजगार मेला
चितवनमा रोजगार मेला हुने , १० हजार बढीले अबलोकन गर्ने भरतपुर महानगरको अपेक्षा
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ६. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ७. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ८. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ९. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • १०. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

महिला भएर के भयो, विकास गर्ने भिजन र उच्च मनोबल हुनुपर्छ, त्यो रेनु दाहालमा छ : महिला मतदाता

  •   २ महिना अघि

चितवन, वैशाख-२५  :  भरतपुर महानगरको स्थानिय तहको निर्वाचनले यतिबेला देशैभरि सबैको ध्यान तान्न सफल भएको छ । चर्चा चुलिएसंगै भरतपुर महानगरको चुनावी गतिविधी रोचक बन्दै गएको छ । दुई धु्रवमा बाँडिएर चुनावी गतिविधीमा संलग्न भएका दलहरु यतिबेला प्रचारप्रसार र घरदैलोलाई तिब्रता दिएका छन् । देशभरि नै पकड बनाउन सफल भएको सत्तारुढ ५ दलिय गठबन्धनले आफुहरु प्रतिगामी विरोधी शक्ती भएकाले चितवनका मतदाताहरुलाई आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

उता राप्रपासंग गठबन्धन गरेको एमालेले पनि प्रचारप्रसारलाई तिब्रता दिदै घरदैलो अभियानलाई निरन्तरता दिईरहेको छ । प्रचारप्रसारको दिन कम हुँदै गर्दा पालिका प्रमुख देखि वडा सदस्य सम्मका उम्मेदवारहरु यतिबेला आफ्नो गांउठांउको विकास र समृद्धिका खाकाहरु प्रस्तुत गर्दै मतदाता रिझाउन व्यस्त छन् । त्यसमा पनि भरतपुर महानगरको प्रमुख पदमा निर्वतमान मेयर रेनु दाहालले उम्मेदवारी परेपछि देशवासीको ध्यान नै अहिले भरतपुर तर्फ सोझिएको छ ।

५ वर्ष अघि दाहालले चुनाव जित्दै गर्दा अधिकांश नगरबासीले यत्रो नगरले महिला मेयर पाएको छ, के विकास हुने होला र खै, भन्दै गर्दा त्यही मतदाताहरु ५ वर्ष पछि अहिले नगरको विकास देखेर दंग छन् । अवसर पायो भने पुरुष मात्र नभई महिला पनि उत्तिकै सबल र सक्षम छन् भन्ने नुमना दाहालले प्रस्तुत गरेकी छिन् । दाहालको नेतृत्वमा गएको ५ वर्षमा स्थानिय स्तरमा यति धेरै विकास भएको छ कि, केही स्थानका स्थानियबासी पनि चकित भएका छन्, पुर्वाधार निर्माण देखेर ।

‘घर अगाडीको यो सडक वर्षामा हिलाम्य र अन्य बेला धुलाम्य मात्र हुन्थ्यो, कच्ची सडक ग्राभेल पनि के हुन्थ्यो र भनेर सोचेकी थिए, पश्चिम चितवनका पार्वती विकले भनिन्,‘तर सोचेभन्दा फरक भयो, अहिले त कालोपत्रे नै भएको छ, आश्चर्यचकित छु ।’ जिल्लाको एकमात्र पहाडी गाविस भरतपुर २९ कविलास आसवीर तामांगको प्रतिक्रिया पनि उस्तै छ, उनले भने,‘यो पहाडी गाविसमा खानेपानी र स्वास्थ्य चौकीको धेरै समस्या थियो, तर अहिले ३ वर्ष यता धेरै हदसम्म सुविधा पाएका छौं ।’ विगतमा स्थानिय जनप्रतिनिधले गर्न नसकेको विकास महानगर भईसकेपछि मेयर रेनु दाहालको अगुवाईमा भएको छ, महिला भएर के भयो, विकास गर्ने भिजन र उच्च मनोबल हुनुपर्छ, त्यो उहाँमा मैले पाए ।’

वितेको पाँच वर्षको कार्यकालमा निवर्तमान महानगर प्रमुख रेनु दाहाल र उनको टीमले गरेको मेहनतका कारण यो महानगर चर्चा जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै चुलिएका ेछ । वितेको पाँच वर्षमा ६२२ किलोमिटर कालोपत्रे गरिएको छ । ४५० किलोमिटर सडक स्तरीय ग्राभल गरिएको छ । नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ्गरोड आठ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइ सकेको र ४०.५५ किलोमिटर चक्रपथ निर्माण भइ सक्ने अवस्थामा छ ।

त्यस्तै गोन्द्राङ पुल्चोक ६ लेन सडक, नारायणी नदिको तटबन्धन, अन्तर्राष्ट्रिय रंगशाला, यि त भए ठुलो पूर्वाधारका कार्यक्रम । स्वास्थ्य, शिक्षा, कृषिलाई लक्षित गरि उनले ल्याएको साना योजनाले मूर्तरुप पाउदा स्थानिय समेत खुसी छन् । महानगरको मेयर पदमा उनले पुनः उम्मेदवारी दिएपछि महिला मतदाता उनको पक्षमा मतदान गर्न झनै हौंसिएका छन्  ।

स्थानिय महिलाहरुको भनाई छ, उनको बुवा प्रचण्ड एउटा राष्ट्रिय पार्टीको प्रमुख छ, उनको अग्रसरमा भरतपुरमा धेरै बजेट आए होलान, तर स्थानिय स्तरको विकासको खाका त उनका बुवा प्रचण्डले कोरेनन्, रेनुले आफ्नै क्षमताले गरिन्, समग्र नगरको विकासमा उनको ठुलो योगदान छ, त्यसैले अहिले बाँकी भएका अधुरा विकास योजनाहरु पुरा गर्न पनि एक कार्यकाल उनलाई जिताउनै पर्छ।

  • रेनु दाहाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
माओवादीमा पदाधिकारी र स्थायी कमिटी टुंगो लगाउन माग
सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

ताजा

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै

आज नेपाल र क्यानाडा भिड्दै , यसरी हेर्नुहोस लाइभ

petrol
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८१

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.