भरतपुर,वैशाख-२५ : स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर २५ को वडाध्यक्षमा मा स्वतन्त्रतर्फ छविलाल सापकोटाले उमेदवारी दिएका छन् । सापकोटा भरतपुर महानगरपालिका २५ शुक्रनगर निवासी हुन् । निर्वाचन आयोगबाट चुनाव चिह्न कर्क पाएका सापकोटाले आफ्नो चुनावी अभियान सशक्त ढङ्गबाट अगाडि बढेका छन् ।
वडा अध्यक्षका उम्मेद्वार सापकोटाले वडाको विकासका लागि आफू प्रतिवद्ध रहेको पनि बताउनु भएको छ । वि.स २०३८ साल देखी राजनीतिमा लाग्नु भएको उहा विद्यार्थी जीवनमा देखि नै राजनीतिमा सक्रिय रहनु भएको थियो । २०३६ सालमा नेवि संघ सदस्य बाट विधार्थी राजनीनी सुरु गर्नु भएको उहां वि.स २०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष हुनु भएको थियो । शुक्रनगरमा अवस्थित प्रभात मा.वि मा व्यवस्थापक समितिको अध्यक्ष समेत भएका सापकोटा चितवन रा.नि. को मध्यवर्ती क्षेत्रको उपभोक्ता समितिको सचिव रहेर काम गरेका थिए ।
घरदैलो अभियानमा होमिएका सापकोटाले जनताको सत्ता स्थापना गर्न उम्मेदवारी दिएको बताए । सापकोटाले वडाभित्र रहेका गरिब तथा पिछडिएका वर्गहरुको जिवनस्तर उकास्न, शिक्षा स्वास्थ्यको विकास तथा जनताहरुलाई सुरक्षाको प्रत्याभुति गराउन उनले आफ्नो उमेदवारी दिएको बताए । जनताले जनताको प्रतिधिनित्व नपाएको अवस्थामा जनाप्रतिनिको आभास दिलाउन पनि आफुले उमेदवारी दिएको सापकोट बताउँछन्। नि शुल्क शिक्षा, वार्ड मा युवाको लगानि मा नमुना कृषि फर्म खोल्ने युवा को लगानीमा शान्त र समुन्नत शुक्रनगर विकासको लागि वडाध्यक्षमा पदमा आफ्नो उमेदवारी रहेको बताउँदै उनले वडाको कायापलट गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।