चनौली , बैशाख २७ : स्थानीय निर्वाचन २०७९ यहि बैशाख ३० गते सम्पन्न हुन गईरहेको छ | निर्वाचन आयोगले यस चुनावलाई सम्पन्न गर्ने सिलसिलामा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई स्थानीय निर्वाचन अधिकृत तथा सहायक अधिकृतको रुपमा खटाउने भएको छ | त्यसैले चनौलीस्थित मालपोत कार्यालय तथा नापी कार्यालयका कर्मचारीलाई पनि चितवनका विभिन्न मतदान स्थलमा खटाउने निर्णय गरेको छ |
सोहि निर्णय अनुसार सबै कर्मचारीले आफ्नो नियुक्ति पत्र लिई आफ्नो आफ्नो कार्यस्थलमा जानु पर्ने हुनाले यहि बैशाख २७ ( आज ) देखि २९ गते सम्मको लागी यी दुइ कार्यालयको सम्पूर्ण सेवा ठप्प भएको नापी शाखा चनौलीका कार्यालय प्रमुख कपिल अर्यालले चित्रवन खबरलाई बताएका छन्। कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु निर्वाचन सक्किए लगत्तै हुने पनि अर्याल बताउँछन्।