इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा विवाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको हो ।
विवाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको छ । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । थप विवरण आउन बाँकी रहेको छ ।