लमजुङ सुन्दरबजार नगरपालिकाको मतगणनामा सत्ता गठबन्धनले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार आठ सय मत गन्दा गठबन्धनले ३७१ भोट ल्याएको छ ।
यस्तै दोस्रोमा नेकपा एमाले रहेको छ । एमालेले ३०० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धनको तर्फबाट नगरपालिकाको प्रमुखमा कांग्रेसबाट कृष्णप्रसाद कोइराला र एमालेबाट भीमबहादुर गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ ।
नगरपालिकामा ६८ प्रतिशत मत खसेको छ ।