पोखरा महानगरको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म ८६९३ मतगणना भएको छ । जस अनुसार मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ३४६५ मतसहित अग्रता कायमै राखेका हुन् ।
एमालेका कृष्णबहादुर थापा ३१०८ मत ल्याएर संघर्ष गरिरहेका छन् । राप्रपाका शंकर खराल ४६३ तथा अटेरी समूहका गनेस पौडेलले २१२ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । एमालेकी मञ्जुदेवी गुरूङले ३५७५ मत पाएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ३६०० मतका साथ अग्रता लिइरहेकी छन् ।
राप्रपाकी रञ्जनासेन पौडेलले ४३२ मत पाएकी छन् ।