पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता बढाएका छन्। उनले पछिल्लो मत परिणाम अनुसार ८ हजार ५६३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ७ हजार २७८ मत प्राप्त गरेका छन्।
त्यहाँको उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८७६ मत प्राप्त गरेकी छन्। नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङले ८ हजार २७१ मत प्राप्त गरेकी छन्।