पोखरा महानगरपालिकामा २२ हजार ४ सय ६० मत गन्दा धनराज आचार्यले ९ हजार ४ सय २ मतको साथ अग्रता कायमै राखेका छन् । नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार आचार्य प्रतिस्पर्धी एमालेका कृष्ण थापा भन्दा १४ सय ४८ मतले अघि छन् ।
थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । आचार्यले सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ८० र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ५ सय ४८ मत ल्याएका छन् । यस्तै उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ६ सय ७९ मत ल्याएर अग्र स्थानमा छिन् ।
एमालेकी मञ्जुदेवी गुरुङले ९ हजार ४० मत ल्याएकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी रन्जना कुमारी सेनले ९ सय १९ मत ल्याएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।