निराज रानाभाट , चितवन : वाग्मती प्रदेशमा पर्ने चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेस उमेद्वार युद्द श्रेष्ठले विजयी भएका छन । श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार पदमपाणी सुवेदीलाई हराएका हुन् ।
पदमपाणी सुवेदीले यसअघिको चुनावमा नेपाली कांग्रेसका भक्ति प्रसाद गौतमलाई ९१ मतले वडाध्यक्ष पराजित गरेका थिए । वडामा ६ हजार ४ सय ४२ मतदाता रहे पनि ४ हजार ५ सय ९४ मत खसेको छ ।
यो सगैँ भरतपुरको अहिलेसम्म ५ वाडको मतगणना सकिएको छ ।अहिलेसम्म नेपाली कांग्रेसले भरतपुर महानगरपालिका वडा नम्बर १ , २ , ४ र ५ गरेर ४ वटा वडा जितेको छ भने एमालेले वडा नम्बर ३ जितेको छ ।
नेपाली कांग्रेस उमेद्वार युद्द श्रेष्ठ २ हजार ३ ले विजयी भएका हुन् भने पदमपाणी सुवेदीले १ हजार ८ सय ८२ मत प्राप्त गरेका थिए ।