• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • ४७ मिनेट 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • २ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ३ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ४ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ४ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ५ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ५ घण्टा 

नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न
  • ५ घण्टा 

मंसिर २ मा निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
  • ५ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ६. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

चितवनमा बितण्डा मचाएको हावाहुरी , कती क्षती भयो त ?

  •   २ महिना अघि

चितवन,जेठ ७: चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको ज्यान लिएको छ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५० वर्षकी महिलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा विशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए ।

राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढलेको थियो । भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका सबै पोल भाँचिएका छन् ।

पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पोलहरू ढल्दा रेलिङसमेत भाँचिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार झण्डै १ सय विद्युतका पोल भाँचिएका छन् । आज वेलुका सम्म विद्युत अबरुद्ध रहने प्राधिकरणले जनाएको छ ।अकस्मात् आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियो । पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ। ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाएपछि राजमार्ग खुलेको छ ।

हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ । रेडियोको प्रसारण अहिले बन्द छ । भरतपुरका अधिकांश भागमा विद्युत् लाइन छैन । साझा पेट्रोल पम्पको छाना खसेर गाडी थिचेको छ । भरतपुर अस्पतालको हाताभित्रको पार्किङमा रूख ढलेर स्कुटर र मोटरसाइकल च्यापेको छ ।

तोरीखेतमा रुख ढलेर घर भत्काएको प्रहरीले जनाएको छ । भरतपुर बाईपासमा डिभिजन सडक कार्यालय अगाडि रहेको वरको रुख लडेर तीन वटा फिडरको ११ के भी प्रसारणको तारमा पर्दा करिब ३०० मिटर तार सहितको पोल भाँचिएर बाटो र अवरुद्ध भएको छ । अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
अब बेरोजगार भैयो भनेर चिन्ता नगर्नुस : उप-प्रमुख अधिकारी

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

ताजा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.