भरतपुर । विवेकशील साझा पार्टी चितवनका संयोजक जगदीश पन्तले राजीनामा दिएका छन् ।
स्थानीय निर्वाचनमा विवेकशील साझा पार्टीले जिल्लाका विभिन्न स्थानीय तहमा उमेदवारसमेत उठाउन नसकेको र पार्टीबाट उमेदवारी दिएका स्थानीय तहमा पनि निराशाजनक परिणाम आएको भन्दै संयोजकबाट राजीनामा दिएका हुन् ।
आफूले पार्टीको स्थापनाकालदेखि सदस्यको भूमिका र साझा र विवेकशील मिलेर विवेकशील साझा पार्टी भएपछि सक्रिय सदस्य हुँदै जिल्ला संयोजक भएको १५ दिन नपुग्दै स्थानीय निर्वाचनको तयारीमा जुटेर हरसम्भव कोसिस गर्दा पनि निर्वाचनमा निराशाजनक परिणाम आएकोले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।
आफू साधारण सदस्यमा रहेर पार्टीको हितमा काम गर्ने प्रतिबद्धता पनि उनले बागमती प्रदेश संयोजकसमक्ष दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।