जेठ १३, चितवन । नेपाली कांग्रेस चितवनले स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ । निर्वाचनमा कांग्रेसबाट निर्वाचित २ सय ३ जनालाइ सम्मान गरेकाे हाे । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर गुरुङले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मा गर्नु भएकाे हाे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, टेक प्रसाद गुरुङ, दिनेश काेईराला, शान्ती परियार, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान सभापति जीतनारायण श्रेष्ठ लगाएतका नेताहरुले सामुहीक रुपमा उहाँहरुलाई सम्मान गर्नु भएकाे हाे । कांग्रेस चितवनले स्थानिय तहकाे निर्वाचनमा तय गरेका उम्मेदवार मध्य प्रमुख पदमा रत्ननगर नगरपालिका र खैरहनी नगरपािलकामा प्रमुख पदमा निर्वाचित हुनु भएकाे थियाे । रत्ननगर नगरपालिकामा प्रल्हाद सापकाेटा र खैरहनीमा शशि खनिया निर्वाचित हुनु भएकाे थियाे ।
यस्तै भरतपुर महानगरपािलका, माडी नगरपािलका र राप्ति नगरपािलकामा उपप्रमुखमा जित्न सफल भएकाे थियाे । भरतपुर महानगरपािलकाकाे उपप्रमुखमा चित्रसेन अधिकारी, माडी नगरपालिका उपप्रमुखमा खेम प्रसाद महत्ताे, राप्ती नगरपालिका उप प्रमुखमा देवेन्द्र लामा बिजयी हुनु भएकाे थियाे । कांग्रेस चितवनले निवाचनमा ४० जना वडा अध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्यहरु निर्वाचित भएका थिए ।