• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, असार २१, २०७९
मङ्गलबार, असार २१, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी
  • ४ घण्टा 

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
  • ४ घण्टा 

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
  • ४ घण्टा 

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)
  • ५ घण्टा 

बालाजुमा माेटरसाइकल दुर्घटना हुँदा माेटरचालककाे मृत्यु
  • ६ घण्टा 

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
  • ८ घण्टा 

रामेछापबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना, ९ को मृत्यु
  • ८ घण्टा 

बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध
  • १२ घण्टा 

भद्रगोल बन्दै नेपाली कांग्रेस, २८ वटै विभाग रित्तै
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • ३. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ६. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ७. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • १०. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

  •   १ महिना अघि

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले  महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन्। साथै उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीतालाई सुनिश्चित भएको समेत बताएका छन्। आज जेठ १६ गते ‘महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदैछ।

प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धन का क्षेत्रमा कार्य गर्ने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थामा शुभकामना व्यक्त गरेका छन्। लैङ्गिक समानता, न्याय र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप अहिले राजनैतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीयरूपमा वृद्धि भएको उनले  उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवाले नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्तः भएको मान्न सकिने बताएका छन्। नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ। संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ।

महिला सशक्तीकरण हामी सबैको सरोकारको साझा विषय भएकाले यस विषयमा सबैले समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न तथा विकासका समग्र पक्षमा महिलालाई मूलप्रवाहीकरण गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।

दिगो विकासका लागि पुरुष र महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै उनले  यस तथ्यलाई मध्यनजर गरी सरकारले राज्यको सबै तह र संरचनामा महिलालाई अधिकाधिक प्रतिनिधित्व गराउने नीति लिँदै आएको बताएका छन्। नेपाल सरकारले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई कार्य गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी इङ्गले कार्यान्वयन गरिने दृढता व्यक्त गरेका छन्।

दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सबै एकजुट भएर लाग्न सम्पूर्ण देशवासीमा आह्वान गर्दै उनले  दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ
अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने
रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

ताजा

इज्जत फाल्ने काम कहिल्यै गर्दिन’ : समीक्षा अधिकारी

अश्लील शीर्षक राखी भिडियो प्रसारण गरेको आरोपमा युट्युबर पक्राउ

अब चितवनबाटै लाइसेन्स पाइने , साउन दोस्रो सातादेखि ट्रायल सुरू हुने

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.