• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • ५ मिनेट 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • १ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • २ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ३ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ५ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ५ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ५ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ५ घण्टा 

नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ६. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

परिवार भित्रैका सात जनाको जहाज दुर्घटनामा मृत्यु भएपछि , सिंगो गाउँ नै शोकमा

  •   १ महिना अघि
death body

महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरीत, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो ।

दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ उनकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोलेको मृत्यु भएको छ ।

यसैगरी मकरबहादुरकै बहिनी र ज्वाइँ हाल काठमाडौँका बासिन्दा ६५ वर्षीया तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको पनि सोही घटनामा परी मृत्यु भएपछि यहाँका जोडिएका यी बस्तीमा अहिले रुवाबासी छ । परिवारका नाताभित्रका सातै तीर्थ गर्न मुक्तिक्षेत्र जाँदै थिए ।

“मकर सर हामी सबैका अभिभावक हुनुहुन्थ्यो, बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्नुहुन्थ्यो, अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको पीडा छ”, लोटा बस्तीकी ४५ वर्षीया दुर्गा ध्रुङ्च्याङ्री मगरले भने, “गाउँको रानो नै गयो ।” विगतमा चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयका शिक्षक रहेका मकरबहादुरका महोत्तरी र धनुषाका यी बस्तीमा घरघरै शिष्य छन् । शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मकर सर ‘आँखामा राख्दा पनि नबिझाउने’ व्यक्तिका रूपमा यहाँका बासिन्दाले सम्झना गर्छन् ।

“गत शुक्रबार बिहानपख त हो, ‘नानी, हामी तीर्थ गर्न हिँड्यौँ, साता दिनमा आउँला, राम्ररी बस है’, भन्दै जानुभएको” ४५ वर्षीया छिमेकी तुलसा पौडेल भन्छिन्, “कहिल्यै नफर्कनुरहेछ, आँखामा झलझली मकर सरको अनुहार नाचिरहेछ ।” यसैगरी यहाँका बासिन्दा मकरका भाञ्जा राजन गोलेलाई पनि सम्झँदै भक्कानिन्छन् ।

“कति फरासिला थिए राजन भाञ्जा, काठमाडौँबाट गाउँ झरेपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के–कस्तो छ बुझ्ने गर्नुहुन्थ्यो”, लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठ भन्छिन्, “कति सहयोगी राजन भाञ्जा, गाउँबाट बिरामी भएर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे ।” काठमाडौँमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठ सम्झन्छिन् । मकरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भाञ्जाकै सम्बोधन गर्ने गरेको शान्ति बताउँछिन् ।

विमान हराएको खबर सनसनी फैलिएपछि आइतबार दिउँसो नै मकर सरको घरमा इष्टमित्र, आफन्त र वरपरका छिमेकीको जमघट बढेको थियो । “विमान हराएको खबर फैलियो, आइतबार दिनभरि हामी मकर सरलगायत सबै आफन्त सकुशल भेटिउन् भन्ने प्रार्थना गरी रह्यौँ, तर दैवलाई यो हाम्रो पुकारा मञ्जुर रहेनछ”, सोमबार दुर्घटनाग्रस्त विमान भेटिएर यात्रु सबैको मृत्यु भएको पुष्टि भएपछि छिमेकको बस्ती महोत्तरीको पर्साहीधापका सामाजिक कार्यकर्ता बुद्ध मोक्तान भन्छन्, “हाम्रो पूरै बस्ती शोकमा छ ।” रातु वारिपारिका दुवैतिरका बस्तीका बासिन्दा आपसी दुःखसुख साट्दै एउटै सामाजिक वातावरणमा बस्दै आएका बताउँदै मोक्तानले अहिले लोटा बस्तीको शोकको सन्नाटा आफ्नातिरका पर्साहीधाप र रजबासमा पनि उत्तिकै रहेको बताए ।

विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ । छोरीहरु शान्ति र कान्ति विह्वल छन् । बुहारीहरु प्रेमा, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन् । त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन् ।

“शनिबार राति ९ बजेतिर बुवा–आमा र ठूली फुपू (राममाया गोले) सँग फोनमा कुरा भएथ्यो, दुई–तीन दिनभित्रै फर्कन्छौँ भन्नुहुन्थ्यो”, मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भनिन्, “बुवा, आमा, पूmपू, फूपाजु र भानिज भाइ राजनले हामीलाई छाड्नुरहेछ, एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ ।”

मकरबहादुर गाउँ नै बसे पनि आफ्नै बस्तीका दिदी भिनाजु (राजनका बुवाआमा) भने छोरा राजनका परिवारसँग काठमाडौँ नै बस्दै आएका थिए । यसपालि सिङ्गो परिवारको तीर्थाटनको मेसोचाहिँ लण्डन बस्ने मकरका भाञ्जा (राजनका भाइ) मनोज गोलेले मिलाएका रहेछन् ।

“मनोजले लण्डनबाट फोन गरेर बुवा, आमा, मामा, माइजु, सानाबा र सानिमा दाइ (राजन)लाई लिएर तीर्थ जानु, म खर्च पठाउँछु भन्दै आउनुभएको थियो, गत चैतदेखिकै आजभोलि भन्दै जाने कार्यक्रम ढिलो भयो, गत साता राजनले काठमाडौँबाट फोन गरेर मामा, माइजू आउनु, अरु सबै हामी यतै (काठमाडौँ) छौँ भनेपछि बुवाआमा गत शुक्रबार घरबाट काठमाडौँ जानुभएको हो”, मकरबहादुरकी कान्छी छोरी कान्तिले भनिन्, “दिनदिनैजसो कुरा त भइनै रहेथ्यो, शनिबार रातिको बोली सुन्नु अन्तिम रहेछ ।”

घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडौँ गए । माहिला भूषण विदेश छन् । कान्छा सुरेश काठमाडौँमै काम गर्छन् । यता राजनका भाइ मनोज लण्डनबाट यसतर्फ आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले बताए । सँगै करेसा जोडिएको ससुराली घरको वियोगले मदन पनि इन्तुनचिन्तु भएका छन् । “खै कसलाई सम्झाउँ ? आफ्नै मन अधिर छ”, मदनले भने, “जसको आड पाएर यहाँ आइयो, अब कोही रहेनन्, जता हे¥यो वैराग लाग्छ ।” ससुरा मकरबहादुर र फूपू सासुका छोरा राजनको ढाडस पाएर पुख्र्यौली घर ढल्केबरबाट लोटा बसाइँ सारेको बताउने मदनले अब हेरविचार गर्ने सबै गुमेका रुँदै बताए ।

घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ आफूहरूको सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउँछन् । “उहाँहरु (मकरबहादुर र राजन) सधैँ सामाजिक कामलाई उच्च महत्त्व दिनुहुन्थ्यो, सधैँ उहाँहरुको अभाव खट्किरहनेछ”, थापाले विह्वल हुँदै भने । “जे नहुनु थियो, त्यही भयो”, अहिले लोटासहित चुरे काछ बस्तीका सबैको एउटै विलाप छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

ताजा

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.