• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, असार १७, २०७९
शुक्रबार, असार १७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
  • ५९ मिनेट 

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
  • २ घण्टा 

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने
  • २ घण्टा 

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने
  • २ घण्टा 

आजको मौसम : बिहानै चितवन लगायत देशैभर चर्को घाम
  • २ घण्टा 

तपाइंको आजको राशिफल
  • २ घण्टा 

जसपा बाट बाहिरिने तयारी गरेका बाबुराम र प्रचण्डको भेटबार्ता
  • ३ घण्टा 

भरतपुर ११ मा सडक निर्माणमा चरम लापर्बाही
  • ३ घण्टा 

नेपाली कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्ने
  • ३ घण्टा 

लोकप्रिय समाचार

  • १. सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

  • २. प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

  • ३. दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

  • ४. जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

  • ५. चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

  • ६. नवलपरासीमा जग्गा लिएर मिटर ब्याजमा पैसा दिने २ मिटरब्याजी पक्राउ

  • ७. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ८. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ९. घट्यो पेट्रोल र डिजेलको मूल्य ,अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३

  • १०. एक्सल कन्सलटेन्सीको शनिबार सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाँदर मुढे घटनाको आज १७ बर्ष पुरा : पिडित भन्छन् अझै न्याय पाएनौं

  •   ४ हप्ता अघि

चितवन,जेठ – २३ :१७ वर्षअघि आजकै दिन अर्थात् वि.सं.२०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा भयानक घटना भयो । जुन घटनाले अहिले पनि माडीवासीलाई सशंकित तुल्याउँछ ।

गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी)ले बाँदरमुढे खोलामा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भयो । घटनामा ७२ जना घाइते भए भने तीमध्ये ४ जनाको उपचारका क्रममा निधन भयो । यही हृदयविदारक घटनाले वर्षेनी उक्त घटनामा परेका परिवारले आँशु बगाउन बाध्य छन् । घटना गराउने नेकपा (माओवादी) युद्धपछि शान्ति प्रक्रियामा सामेल हुँदै मूलधारको राजनीतिमा आइसकेको छ । त्यसलगत्तै निरन्तर सत्तामै रहेको माओवादीले घटनाबारे सत्य–तथ्य छानबिन गरि दोषीले सजाय नदिँदा पीडितहरु झन् पीडित बनेका छन् ।

यसबीचमा पटक–पटक पीडितका परिवारहरुसँग वार्ता र सहमति भयो तर ती सहमति कागजमै सीमित बने । बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले घटना हुँदा पीडितको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै रहेको बताउनुहुन्छ । ‘घटना भएको १७ वर्ष पुग्दा पनि पीडित परिवारमा कुनै परिवर्तन आएन, घटनाको दोषीलाई कारबाही पनि भएन, पीडितले क्षतिपूर्ति र न्याप पनि पाएनन्’–अधिकारीले भन्नुभयो ।

पहिलोपटक २०६४ सालमा माओवादी सरकारमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको फूलबारीमा बसेर पीडित परिवारसँग छलफल गर्नुभएको थियो । त्यसबेला उहाँले ठूलो प्याकेज लिएर आउने आश्वासन दिलाउनुभएको थियो । तर, अहिलेसम्म पीडित परिवारले त्यो कस्तो ठूलो प्याकेज भनेर हेर्न पनि पाएका छैनन् । सोही बैठकमा समेत सहभागी हुनुभएका अधिकारीले भन्नुभयो, ‘त्यतिबेला संसारलाई नै चकित हुने गरि ठूलो प्याकेज लिएर आउँछु भन्नुभयो, तर, त्यो कस्तो प्याकेज, कहिले आउँछ हामीलाई थाहा छैन, १७ वर्ष पूरा हुँदा पनि प्याकेजबारे अन्यौल छौं ।’

अध्यक्ष दाहाल २०७४ सालको निर्वाचमा चितवन क्षेत्र नं.३ बाट निर्वाचन लड्नुभयो । त्यही क्षेत्रमा पर्ने ठाउँ हो माडी । त्यतिबेला कम्युनिष्ट एकता भन्दै माओवादीले एमालेसँग गठबन्धन गरेर चुनाव लडेको थियो । चुनावको बेलामा उहाँले पार्टी निकट रहेका पीडितहरुलाई लिएर सहमति गर्नुभयो । तर उहाँको त्यो सहमति पनि पालना हुन सकेन ।

त्यतिबेला तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गर्ने मध्येका एक हरि न्यूरे ‘सुदिप’ले सहमति पत्रमा हस्ताक्षर गरेर धोका पाएको बताउनुहुन्छ । दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई गुमाउनुभएका न्यूरेले भन्नुभयो, ‘धेरै आश गरेर सहमति गरेका थियौं, तर त्यो सहमति पालना भएन, पहिले हाम्रो अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ ।’ त्यतिबेला मृतकका आश्रित परिवारका लागि, घाइतेहरुको अवस्था हेरि र घटनास्थलमा पार्क बनाउने गरि तीन बुँदामा सहमति भएको थियो । ‘आश्रितको परिवारका लागि पनि केही प्याकेज पनि आएन, पार्क पनि बनेन’ न्यूरेले भन्नुभयो, ‘पीडितले पीडा भुल्ने गरि कुनै पनि काम भएको महसुस गर्न पाएनन् ।’

आज बाँदरमुढे क्षेत्रमा स्मृति सभा

बाँदरमुढे घटना भएको १७ वर्ष पूरा भएको सन्दर्भमा माडी–६, बाँदरमुढे स्मारक क्षेत्रमा स्मृति सभा, लक्ष्यदीप प्रज्वलन एवं अखण्ड संकीर्तन कार्यक्रम हुँदैछ । बाँदरमुढे घटना पीडित समितिको आयोजना तथा एड्भोकेसी फोरम नेपालको सहयोगमा सोमबार स्मृतिसभा हुन लागेको हो । सो कार्यक्रममा मानव अधिकारकर्मी कनकमणी दीक्षित, सुशील प्याकुरेल र अर्जुन ढकालको सहभागिता रहने आयोजक समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी विश्व हिन्दु महासंघले बाँदरमुढे स्मारक क्षेत्रमा धार्मिक कार्यक्रम आयोजना गरेको छ । घटनामा परी दिवंगत व्यक्तिहरुको स्मृतिमा लक्ष्यदीप प्रज्ज्वलन, अखण्ड संकीर्तन र सत्संग कार्यक्रम हुन लागेको सो संस्थाले जनाएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?
अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी
काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

लोकप्रिय

सहमतिपत्र अनुसार बागमती प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँ हुनुपर्छ : नेता कैलाश कोइराला

प्रधानमन्त्रीमा गगन थापाको दाबी अभियानलाई साथ दिंदै विश्व प्रकाश शर्मा

दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने

समिक्षा अधिकारी
जमुना सनम र समिक्षा अधिकारीको “झरी बनि आउन” सार्बजनिक

चितवनमा एक दर्जन विधुतीय गाडी चार्जिंग स्टेसन , कहाँ-कहाँ उपलब्ध छ ?

ताजा

राजेश हमाल
राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

अमेरिकाको सांसद पदमा नेपाली मुलकी सराहना श्रेष्ठ बिजयी

काठमाडौँमा २ सय शौचालय थपिँदै, असार महिनाभित्र चिह्न प्रदान गरिने

अब काठमाडौँका सार्बजनिक स्थलमा भिक्षा माग्न नपाइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)                          मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने                              स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.