निराज रानाभाट , काठमाडौं : राजधानी काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर जेठ २४ गते , मंगलबार ( अाज ) बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ । सो सहमतिसँगै काठमाडौंको फोहोर मंगलबार ( आजै ) देखि उठ्ने भएको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा साेमबार भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र शाह र उप – मेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी , ककनी , धुलिबेसी , गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो ।
मंगलबार ( अाज ) बिहान ०८:०० बजेदेखि काठमाडौंको फोहोर उठाउने सहमति भएको उप – मेयर डंगोलले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।