• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
बिहीबार, असार २३, २०७९
बिहीबार, असार २३, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
  • ४१ मिनेट 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
  • २ घण्टा 

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह
  • ३ घण्टा 

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल
  • ४ घण्टा 

तुइन चुँडिएर नदीका खसेका युवक बेपत्ता, तीव्र रुपमा खोजी गर्न गृहमन्त्रीको निर्देशन
  • ५ घण्टा 

तपाईंको टिकटक भिडियो क-कसले हेरे ? यसरी थाहा पाउनुहोस्
  • ५ घण्टा 

आफ्नो मोबाइलमा भुलेर पनि डाउनलोड नगर्नुहोस् यी एपहरू
  • ६ घण्टा 

महिला चालक र परिचालक सहितको साझाका बिजुली बस आज देखि राजधानीमा
  • ६ घण्टा 

नारायणगढ-बुटवल सडक खण्ड: म्याद सकिन १ महिना बांकी, १९ प्रतिशत मात्र काम सम्पन्न
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • २. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ३. पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • ४. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ५. सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

  • ६. गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप

  • ७. दोहोरीमा छाडा शब्द मिसाउने १३ जना कलाकारले मागे माफी

  • ८. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

  • ९. अब नेपालमा ४० वर्ष कटेर एक्लो जीवन बिताइरहेका महिलाले पनि भत्ता पाउने

  • १०. नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता

चितवनमा असारभित्रै सवारी लाइसेन्सको सेवा सुचारु गर्ने गरि ट्रायल सेन्टरको प्राविधिक मुल्यांकन हुँदै

  •   ४ हप्ता अघि

भरतपुर । यातायात व्यवस्था सेवा कार्यालय चितवनले असारभित्रै सवारीसाधनको लाइसेन्सका लागि ट्रायल लिने गरी कामलाई अगाडि बढाएको छ । सबै प्रक्रिया पूरा गरेर ढिलोमा असार अन्तिमबाट सवारी लाइसेन्सको ट्रायल सुरू गर्ने कार्यालयको योजना छ ।

यसअघि जेठभित्रै ट्रायल सुरू गर्ने भनिएकामा ट्रायल सेन्टरहरुको प्राविधिक मूल्याङ्कन गर्ने काम लम्बिँदा ढिलो भएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलले बताए । अहिले ट्रायल सेन्टरहरुको प्राविधिक मूल्याङ्कन गर्ने काम भइरहेको छ ।

कार्यालयको आफ्नै ट्रायल लिने ठाउँ छैन । निजी ट्रायल सेन्टर छनोटका लागि कार्यालयले वैशाख २ गते १५ दिने सूचना निकालेर प्रस्ताव आह्वान गरेको थियो । निर्धारित समयभित्र छवटा ट्रायल सेन्टरले प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गर्नेमा एक्सिस ड्राइभिङ, महालक्ष्मी ट्रायल सेन्टर, चितवन ड्राइभिङ स्कुल, सदगुरू ड्राइभिङ, गरिमा ड्राइभिङ इन्स्टिच्युट र त्रिवेणी ड्राइभिङ सेन्टर रहेका छन् ।

प्रस्ताव पेश गर्नेमध्येको चितवन ड्राइभिङले ट्रायल लिने ठाउँको नापजाँच गर्न नदिँदा प्राविधिक मूल्याङ्कनको काममा ढिलाइ भएको पौडेलले बताए । ‘नापजाँच गर्न नदिनुको कारण के हो ? नापजाँचका लागि कुर्नुपर्ने भए अब लिखित कारणसहित पत्रको माग गर्छाैं’, उनले भने, ‘कारण खुलाएर कुनै पत्र नआए त्यसको प्रस्ताव रद्द गरेर बाँकी मूल्याङ्कन कार्य गर्छाैं ।’
अबको एक हप्ताभित्र प्रस्ताव पेश भएका सबै ट्रायल सेन्टरको प्राविधिक मूल्याङ्कन सकेर आर्थिक मूल्याङ्कनका लागि प्रस्ताव आह्वान गर्ने उनले बताए । ‘प्राविधिक मूल्याङ्कन छनोट सकेपछि आर्थिक मूल्याङ्कन प्रस्ताव आह्वान गर्छाैं । जसले कम शुल्कमा सुविधा दिन्छु भन्छ उही प्रस्तावक छनोटमा पर्छ’, उनले भने, ‘टेक्निकल मूल्याङ्कन छनोटमा परेका मात्र आर्थिक मूल्याङ्कन छनोटमा सहभागी हुन पाउँछन् ।’

आर्थिक मूल्याङ्कनमा छनोटमा परेको ट्रायल सेन्टरको नाममा कार्यालयले आशयको सूचना जारी गर्छ । त्यसपछि सम्झौताको लागि १५ दिने सूचना निकाल्छ । यसबीचमा ट्रायलका लागि कोटा उपलब्ध गराइदिन कार्यालयले यातायात व्यवस्था विभागमा पत्राचार गर्छ । ट्रायल सेवा सञ्चालनका लागि कार्यालयमा सिस्टम तयारी अवस्थामा छ ।

कोटा उपलब्ध भएपछि अनलाइन प्रणालीबाट सवारी लाइसेन्सका लागि आवदेन दिन सकिने पौडेल बताउँछन् । ‘प्रक्रिया पूरा गर्ने क्रममा कुनै पनि मुद्दा परेन भने ढिलोमा असार अन्तिमबाट ट्रायल लिन सुरू गर्छाैं’, उनले भने ।
सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले बताए । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।

नवीकरण गरिएका लाइसेन्स आइपुगे
नवीकरण गरिएको सवारीसाधनका लाइसेन्स यातायात कार्यालयमा आइपुगेका छन् । नवीकरणका लागि निवेदन दिएका १९ सय ८२ जनाको लाइसेन्स आइपुगेको पौडेलले बताए । चितवनमा २०७८ मंसिर १२ गतेदेखि लाइसेन्स नवीकरणको काम सुरू भएको हो ।

हालसम्म २४ सय ९४ जनाले लाइसेन्स नवीकरणका लागि निवेदन दिएको उनले जानकारी दिए । भवन भाडामा लिएर सञ्चालन भइरहेको यातायात कार्यालय आगामी साउन १ गतेदेखि जिल्ला समन्वय समितिको गेष्ट हाउस भवनमा सर्दैछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा
हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

लोकप्रिय

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

Rashifal
तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

सप्तगण्डकीका प्राध्यापकमाथि हातपात भएको भन्दै अनेरास्ववियू क्रान्तिकारीको आपत्ति

ताजा

चितवनमा लाइसेन्स ट्रायल सेन्टरमा आर्थिक चलखेल, अदालतद्वारा सबै काम रोक्न आदेश

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पार्टीको प्रमुख पदबाट राजीनामा

हैजा
चितवन हैजाको उच्च जोखिममा , खाना पानमा ध्यान दिन आग्रह

असार सकिनै लाग्यो अझै पाएनन् चितवनका किसानले मल

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.