निराज रानाभाट , भरतपुर , चितवन : चितवन भरतपुर महानगरपालिका – ०५ , विकास चोकमा रहेको अर्बिट स्कुलमा विद्यार्थी नेतृत्व चयन गरिएको छ । शुक्रबार भएको विद्यार्थीहरुको निर्वाचनले स्कुल क्याप्टेनमा मिशन न्यौपाने र भाइस क्याप्टेनमा दिलिपकुमार शाहलाई चयन गरेकाे छ ।
स्कुलका इन्चार्ज नारायण गौतमले विद्यार्थीहरुलाई प्रजातान्त्रिक अभ्यास गराउने उद्देश्यले निर्वाचन मार्फत नेतृत्व चयन गरिएको बताए । सहमति नभएर निर्वाचन गरिएको नभई उनले विद्यार्थीहरुलाई सिकाउनका लागि निर्वाचन गरिएको बताए ।
निर्वाचनमा कक्षा – ४ देखि कक्षा – १० सम्मका ३ सय ५८ जना विद्यार्थीहरुले मतदान गरेका थिए । निर्वाचनमा अर्बिट कलेजका स्काउटका विद्यार्थीहरुले स्वयमसेवकको भूमिका निभाएका थिए भने विद्यार्थीहरुलाई नै म्यादी प्रहरी घोषणा गरी प्रहरी झैं खटाइएको थियो भने शिक्षकशिक्षिकाहरुबाट पर्यवेक्षकसहित निर्वाचन अधिकृत पनि तोकिएको थियो ।