चितवन, जेठ २९ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले युवाहरु बिना महानगरको विकास सम्भव नभएको बताएका छन् ।
उप प्रमुख अधिकारीले युवाहरुको समस्यालाई सम्बोधन गर्ने गरि महानगर काम गर्न तयार रहेको पनि बताए । न्यु आर आर क्लब पार्वतिपुर भरतपुर २१, शिवशक्ती युवा क्लब शिवनगर १४ र सुर्योदय युवा क्लब भरतपुर १५ ले आज पार्वतिपुरमा संयुक्त रुपमा आयोजना गरेको मेयरसङ शुभकामना कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले महानगर युवाहरुलाइ रोजगारीमा जोड्न तयार रहेको पनि बताए।
महानगरमा युवाहरुसंग बसेर छलफल गर्न तयार छ, अधिकारीले भने । युवाहरुकै कारणले महानगरको विकासले फड्को मारेको समेत प्रष्ट पारे । उनले युवाहरुलाई आफ्नो क्षमता र दक्षता अनुसारको व्यवसाय गर्न पनि आग्रह गरे । उप प्रमुख अधिकारीले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर युवा लक्ष्यित कार्यक्रम गर्न सकिने पनि बताए । उनले वडा तहबाटै खेलकुदको विकास गर्न पनि युवाहरू संग आग्रह गरे ।
कार्यक्रममा भरतपुर १५ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ, १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा, भरतपुर महानगर कार्यपालिका सदस्य कोपिला उपरकोटी, भरतपुर महानगरका इन्जिनियर विराट घिमिरे लगायतले बोलेका थिए ।
यसै बिच भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले कृषि क्षेत्रमा शीत भण्डारहरुको महत्वपूर्ण भुमिका रहेको बताए । भरतपुर महानगर कृषि क्षेत्रमा धेरै अगाडि बढिरहेको बताउदै उपप्रमुख अधिकारीले कृषि क्षेत्रको विकासमा शीत भण्डारहरुको ठूलो योगदान रहेको समेत बताए।
चितवन चनौली शीत भण्डार सहकारीले आज आयोजना गरेको सस्थाबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित संस्थाका शेयर सदस्यहरुलाइ बधाई एव सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले चितवन शीत भण्डार देशकै गर्व गर्न लायकको संस्था भएको बताए । उनले चितवन चनौली शीत भण्डार कृर्षि क्षेत्रको अब्बल संस्था भएको पनि बताए ।
उत्पादनको क्षेत्रमा समेत चितवन चनौली शीत भण्डार कोशे ढुङगा साबित भएको उप प्रमुख अधिकारीको भनाइ छ । कार्यक्रममा भरतपुर माहानगर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा, २५ का वडा अध्यक्ष छबिलाल सापकोटा, १ का वडा अध्यक्ष केशव मर्हर्जन, सहभागीहरुको तर्फबाट पुरुसोत्तम कमल ढकाल,जगन्नाथ कंडेल लगायतले मन्तव्य राखेका थिए ।