संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो ।
सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लंघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै सचिवालयमा उजुरी परेको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी दिएका हुन् ।