चितवन, असोज ११–
चितवनमा आज (आइतबार) थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ११ जनासहित १९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना, खैरहनी र कालिका नगरपालिकाका एक/एक जना रहेका छन् ।
यस्तै गोरखाका एक जना, सल्यानका २ जना, नवलपुरको गैंडाकोटका ३ र देवचुलीका एक जना गरी चार जना र रौतहटका एक जनामा संक्रमण पुष्टि भएको छ ।

