• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
आइतबार, असार १९, २०७९
आइतबार, असार १९, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
  • ३२ मिनेट 

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
  • ३ घण्टा 

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड
  • ६ घण्टा 

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक
  • ६ घण्टा 

‘बामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जनालाई उल्टै बामदेवले निकालिदिए
  • १० घण्टा 

गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रेमीले स्वीकारेनन् हत्या आरोप
  • १० घण्टा 

Renu Dahal Mayor Of Bharatpur .
नगरका सबै क्षेत्रलाई संगै लिएर अगाडी बढ्ने मेयर रेनु दाहालको प्रतिवद्दता
  • ११ घण्टा 

पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
  • ११ घण्टा 

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

  • २. अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

  • ३. बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

  • ४. १५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

  • ५. भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

  • ६. लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित

  • ७. चितवनमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

  • ८. तपाईंको आजको राशिफल – असार १९ गते आइतबार

  • ९. नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ, भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल

  • १०. राजेश हमालले भेटे प्रचण्डलाई , माओबादी प्रवेश गर्लान् त राजेश हमाल ?

विहे गरेर जापान लैजाने भन्दै चार जनासंग विवाह गरी ठगी गर्दै यी युवती

  •   २ हप्ता अघि

काठमाडौं,असार ९:झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना तामाङ । सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ । सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको हो ।

मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।

भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए । कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् । उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् । त्यति बेला भावनाले आफू २०४६ सालमा जन्मिएको र उमेर ३१ वर्ष पुगेको बताएकी थिइन् ।

दुवै तामाङ परिवारका थिए । फुर्वाले पनि कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने प्रस्ताव गरे । भावनाले पनि हुन्छ भन्ने जवाफ दिइन् । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा प्रेम र विवाहसम्मको कुराकानी भइसकेको थियो । दुवै जना विवाह गर्ने तयारीमा पुगे । तर भावनाले आफूलाई ढाडमा समस्या भएकाले काम नगरेको तर आफ्नो व्यापार भाइहरूले हेरिरहेको बताइन् । उनले आफूले काम नगरेकाले तत्काल आफूसँग त्यति धेरै रकमसमेत नभएको बताइन् । मलेसियामा राम्रो व्यवसाय गरिरहेका फुर्वाले तत्कालै भावनाका लागि भन्दै नेपालमा रहेकी उनकी आमाको नाममा ८ लाख पठाइदिए ।

फुर्वाले प्रेम दिवस अर्थात् फेब्रुअरी १४ तारेखका दिन विवाह गर्न अनुरोध गरे । सुरुमा भावनाले पनि हुन्छ भनिन् । तर उक्त समयमा टिकट नपाइएको भन्दै भावना १९ फेब्रुअरी २०२१ मा मात्र नेपाल आइन् । फुर्वा भने १३ फेब्रुअरी २०२१ मै नेपाल आइसकेका थिए ।

२०७७ फागुन ७ गते नेपाल आइपुगेकी भावनाले त्यसको तीन दिनपछि अर्थात् २०७७ फागुन १० गते फुर्वासँग विवाह गरेर फुर्वाको घर भित्रिइन् । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख थप खर्च गरे ।

विवाह गरेको तीन दिन फुर्वाको घरमा बसेपछि भावना माइतीमा केही काम छ भन्दै फुर्वाको घरबाट निस्किइन् । त्यसको भोलिपल्टदेखि उनको मोबाइल अफ भयो । घरबाट निस्किएको चार दिनपछि बल्ल भावनाको मोबाइलको स्वीच अन भयो । किन अफ गरेको भन्दा माइतीमा केही काम थियो भन्ने जवाफमात्रै दिइन्, अरू केही बताइनन् ।

फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेस्टुरेन्ट बेचेर नेपाल आएका थिए । नेपालमा बुवाको नाममा घर र दुई स्थानमा जग्गासमेत थियो । जापान जान सम्पत्ति देखाउनुपर्ने भन्दै भावनाले बुवाको नाममा रहेको घरसमेत आफू र फुर्वाको नाममा ल्याउन लगाइन् भने जग्गासमेत बिक्री गर्ने गरी ग्राहक खोजे । भावनाको नाममा बौद्धको नयाँ बस्ती र लोकन्थलीमा घर थियो । फुर्वाले ती सबै घर पनि अब आफ्नोसमेत रहेको भन्दै भावनाले जे जे भने त्यही त्यही गरिरहे । भावनाले घरसमेत बेच्ने योजना सुनाए पनि फुर्वाको बुवाले नमानेपछि त्यही घर धितोमा राखेर ऋण लिने योजना बनाइन् । फुर्वाले भावनाको त्यो योजनामा समेत साथ दिए ।

नेपाली परम्परा अनुसार विवाह गरेपछि केटाको घरमा गएर बस्ने भए पनि भावना भने फुर्वाको घरमा बस्न मानिनन् । बरु बौद्ध नयाँ बस्तीमा रहेको आफ्नै घरमा बस्न जान्थिन् । फुर्वा पनि भावनासँगै नयाँ बस्तीमै गएर बस्न थाले । जब फुर्वा भावनाको नाममा रहेको नयाँ बस्तीको घरमा पुगे, त्यसपछि भावनाले सम्पत्ति हाम्रै त हो, यो घरको ऋण छ तिर्नुपर्‍यो भनी फुर्वासँग पैसा मागिन् । फुर्वाले पनि भावना आफ्नो श्रीमती भएको र सम्पत्ति आफ्नो पनि त हो नि भन्दै घर बनाउँदाको ऋण तिर्न सहमत भए ।

तर जब ऋण तिर्ने बेला भयो, भावनाले ऋण संयुक्तरुपमा लिएको कुरा सुनाइन् । भावनाले धादिङ घर भएका विकाश तामाङ (नाम परिवर्तन)लाई श्रीमान् बनाएर संयुक्तरुपमा ऋण लिएकी थिइन् । फुर्वाले यी व्यक्ति को हुन् भनेर सोध्दा भावनाले कागजी श्रीमान् भएको र जापान लैजाने प्रयोजनका लागि पैसा लिएर श्रीमान् बनाएको कुरा बताइन् । फुर्वाले त्यसबारे थप केही नबुझी उक्त घरको ऋणमध्ये २५ लाख रुपैयाँ तिरिदिए ।

भावनाले पटकपटक विभिन्न बहाना बनाएर सम्पत्ति देखाउन, सानो सानो ऋण तिर्न भन्दै पटकपटक लाखौँ रकम लिइन् । कहिले सानीआमाको ऋण तिर्नु छ भनेर त कहिले भाइ लगायतको ऋण तिर्नु छ भनेर पैसा लिएको फुर्वाले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते
६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण
देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

लोकप्रिय

संघिय चुनावमा चितवनबाट रामचन्द्र पौडेलको चर्चा, क्षेत्र नम्बर २ मा कैलाश कोइराला सशक्त दावेदार

अस्तायो काजलकली , बिरामी भएर ढलेपछि एकपल्ट नउठी मृत्यु

बामदेव गौतमको नया पार्टीको केन्द्रीय सदस्यमा श्रीमती र छोरा

१५ महिला र ९१ पुरुष सहित १०६ जनाले गरे चनौलीमा रक्तदान

भरतपुरमा घाँटी बाट सिक्री लुछेर भाग्ने गिरोहको सक्रियता बढ्दो , पिडित प्रहरीकोमा

ताजा

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

६ महिनामा २ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न रोक

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.