• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
  • ३२ मिनेट 

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • ५६ मिनेट 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • ५८ मिनेट 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • १ घण्टा 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • १ घण्टा 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • १ घण्टा 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ५ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ५ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • ९. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • १०. खोला तर्ने क्रममा बगाएर मृत्यु

असार १८ गते स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय भेला

  •   १ महिना अघि

स्वतन्त्र उम्मेदवारहरूले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरूको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो।

भेलाको स्थान तय हुन भने बाँकी रहेको जानकारी दिइएको छ।

स्वतन्त्र उम्मेदवारहरूले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरूलाई उपस्थितिको लागि आह्वान गरेका छन्।

राष्ट्रिय भेलालाई ‘संयुक्त विशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत् राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र अभियानकर्ता हरिशरण लामिछानेले नेपालको राजनीतिमा देखिएका कमीकमजोरी, चुनौती र विकृत्तिलाई चिरेर स्पष्ट सोच र दृष्टिकोण भएका गैरराजनीतिक व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नु सुखद् पक्ष भएको बताए।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका सुमन सायमीजस्तै व्यक्तिबाट आफू प्रभावित भएको सुनाए।

जब–जब राष्ट्रको राजनीतिले सही दिशा लिन सक्दैन्, तब–तब त्यसको विकल्पमा वैकल्पिक शक्तिको उदय हुने उनको भनाइ थियो।

उनले जो कोहीलाई पार्टी खोलेर राजनीतिमा जाने व्यवस्था भए पनि त्यसमा अझै केही कमी देखेर नै स्वतन्त्र भावनाबाट एकत्रित हुन खोजेको बताए। उनले स्वतन्त्रमा युवाहरूको बढी चासो र सहभागिता धेरै भएको समेत दाबी गरे।

उनले भने,‘समाजमा पिछडिएका वर्ग, वृद्धावृद्धाको आवाज उठाउने, बलात्कारको घटना, समाज रूपान्तरणमा अहम् भूमिका खेल्ने तर पर्दा पछि रहेका व्यक्तिहरूको लागि आकर्षित गर्नका लागि पनि आज स्वतन्त्रको आवश्यकता छ।’

त्यस्तै, अर्का स्वतन्त्र अभियानकर्ता दिनेश सुवेदीले निष्पक्ष, निडर जहिले पनि निर्भीक, सत्य र न्यायको पक्षमा लड्ने सहीलाई सही र गलतलाई गलत भन्ने देशभरिको जमातलाई स्वतन्त्रको रूपमा हेरिने बताए।

उनले गत स्थानीय चुनावमा स्वतन्त्रको उम्मेदवारहरूको लहर नै चलेको दाबी  गरे।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङसहित ३८५ जना जनप्रतिनिधि निर्वाचित भएसँगै अबको स्थानीय निकायमा स्वतन्त्र उम्मेदवारमात्र जान पर्ने नीति स्थापित गर्नुपर्नेमा जोड दिए।

सुवेदीले स्वतन्त्रहरूको उदय हुनु देशकै महत्वपूर्ण उपलब्धी भएको बताए।

स्वतन्त्रहरू परिवर्तन चाहने भन्दै उनले नेपालमा व्यवस्था परिवर्तत भए पनि आम जनताको अवस्था परिवर्तन नभएको बताए।

१८ गते राष्ट्रिय भेलाको आयोजना गरेको भन्दै देशभरका स्वतन्त्रहरूलाई उपस्थित हुनलाई उनले आग्रह गरे।

यसैगरी, अर्का स्वतन्त्र अभियानकर्ता सुमन सायमीले गत स्थानीय निकायमा अधिकारको लागि आवाज उठाउने क्रममा आफू स्वतन्त्रको उम्मेदवार भएको बताए।

उनले आफूले १३ हजार बढी सम्मानजनक मत पाएको सुनाए।

आगामी १८ गते राष्ट्रिय भेलामार्फत् मंसिरमा हुने प्रदेश र संघको चुनावमा कसरी अघि बढ्ने भनेर देशव्यापी स्वतन्त्र उम्मेदवारहरूलाई बोलाएर छलफल गर्न लागेको जानकारी दिए।

विचार र सिद्धान्त नभई अघि बढ्न नसकिने उनको भनाइ थियो।

स्वतन्त्रहरूको राष्ट्रिय भेलाको निर्णय अनुसार अघि बढ्ने स्पष्ट पारे।  सायमीले गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रले जितेपछि राजनीतिक दलहरू सचेत भइसकेको बताए।

पर्वतारोही तथा स्वतन्त्र अभियानकर्मी माया गुरूङले आफू अब गाउँ बनाउनतिर लागेको बताइन्।

स्वतन्त्र हिसाबले गत स्थानीय तहको चुनावमा उम्मेदवारी दिएको उनले जानकारी दिइन्।

उनले भनिन्,‘राणा शासनबाट प्रजातन्त्र र प्रजातन्त्रबाट आज लोकतन्त्र आए पनि पार्टीहरूको दास भएको महसुस भएर स्वतन्त्र हुन खोजियो।’

अन्यायको विरूद्ध आफूहरू लागेको उनले सुनाइन्।

अहिले देशैभर स्वतन्त्रहरूले राम्रो सुरूआत गरेकोमा खुसी व्यक्त गरिन्। अब देश स्वतन्त्र व्यक्तिहरू नै मिलेर बनाउने उनले धारणा राखिन्।

गत स्थानीय चुनावमा पनि काठमाडौं महानगरमा बालेन्द्र साहलाई भरपुर सहयोग गरेको जानकारी दिए।

उनले भने,‘पार्टीगत रूपमा झूटा मुद्दालाई हेरेर नेपाली जनतालाई भोट हाल्न नलगाउने भनेर बालेन शाहलाई भरपुर सहयोग गरेर जितायौं। अब संसदमा सुमन सायमीलाई पुर्‍याउन सहयोग गर्छौं, उहाँले जनताको आवाज संसदमा पुर्‍याउनु हुनेछ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.