• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
मङ्गलबार, साउन २४, २०७९
मङ्गलबार, साउन २४, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
  • १६ मिनेट 

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
  • ४० मिनेट 

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो
  • ४२ मिनेट 

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने
  • ४५ मिनेट 

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • ५२ मिनेट 

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भुमिकाको कदर हुनुपर्छः सांसद पाण्डे
  • ५६ मिनेट 

नारायणगढ–मुग्लिन सडकमा १५ पुलको निर्माण कहिले सकिन्छ ?
  • ५ घण्टा 

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ
  • ५ घण्टा 

हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ
  • ५ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

  • २. आज मिती २०७९ श्रावण २० गतेको राशिफल

  • ३. आज साउन १८ गते बुधबारको राशिफल

  • ४. जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

  • ५. गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

  • ६. साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

  • ७. क्रिकेट: सन्दिप लामिछाने बीबीएलको ड्राफ्टमा

  • ८. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ९. नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, बस्ती छेऊमा सवारी रोक्न आग्रह

  • १०. खोला तर्ने क्रममा बगाएर मृत्यु

भरतपुर महानगरमा जथाभावी फोहोर गर्नेलाई दण्ड

  •   १ महिना अघि

भरतपुर । फोहोर व्यवस्थापनमा भरतपुर पनि काठमाडौँ उन्मुख भइरहेको छ । भरतपुर महानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यहाँको फोहोर वर्षाैंदेखि नारायणी नदीमा फालिने गरिएको छ ।
फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि भरतपुर महानगरको एउटा ‘रेडिमेड’ नीति छ, कोरियन सरकारको सहयोगमा ल्यान्डफिल साइट बनाउने । यो नीतिले छिट्टै मूर्तरुप लिन लागेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल बताउँछिन्।

१५ महिनाभित्र ल्यान्डफिल साइटको गुरूयोजना र डिपिआर बनाउने उद्देश्य लिएर २०७५ भदौ २८ गते दक्षिण कोरियाको सुडोनोन ल्यान्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनका प्रमुख सियो जु वन र महानगरकी मेयर दाहालबीच सम्झौता भएको थियो । त्यसपछिको हरेक नगरसभामा ल्यान्डफिल साइटको योजना समावेश हुँदै आएको छ ।

डिपिआर र स्रोत व्यवस्थापनलगायतका सबै काम सकेर निर्माण सम्झौता गर्न कोरियन टोली एक महिनापछि भरतपुर आउन लागेको मेयर दाहालले जानकारी दिइन् । नेपाल सरकारबाट गर्नुपर्ने पनि सबै प्रक्रिया पूरा भएको उनले बताइन् ।
‘निर्माणको काम सुरू गर्ने गरी सम्झौताका लागि अगस्तमा आउँदै हुनुहुन्छ’, उनले भनिन्, ‘कोरियन सरकारबाट एक अर्ब २५ करोड स्वीकृत पनि भइसकेको छ । डिपिआर बन्नुअघि पहिलो चरणको सम्झौता भएको थियो, अब निर्माण सुरू गर्नुअघि अर्काे सम्झौता हुँदैछ ।’

महानगरले भरतपुर–२ मा रहेको जलदेवी सामुदायिक वनअन्तर्गतको १५ बिघा जग्गा उपलब्ध गराएको छ । उक्त जग्गाको सट्टामा तत्कालीन उपमहानगरपालिकाले करिब दुई करोड रूपैयाँ खर्चेर माडी नगरपालिकामा १५ बिगाहा जग्गा खरिद गरेर दिएको थियो ।

साउनदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगर्नेलाई कारबाही गरिने उनी बताउँछिन् । वर्गीकरण गरिएका फोहोर लिन गाडी पनि छुट्टाछुट्टै जाने उनको भनाइ छ । फोहोरको वर्गीकरण गर्न यसअघि नै विभिन्न टोलहरुलाई तालिम दिएको बताउँदै उनले साउनदेखि कार्यान्वयन गरिने बताइन् ।

भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित दाहालले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा फोहोरको वर्गीकरण नगर्ने र सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई दण्ड जरिवाना तिराउने बताएकी हुन् । फोहोरको वर्गीकरण नगर्नेलाई ५०० रूपैयाँ जरिवाना तिराइने बताइएको छ ।

सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्न स्वयंसेवी संस्था, नागरिक समाज, टोल विकास संस्था र वडा कार्यालयको साझेदारी र समन्वयमा दण्ड जरिवाना गरिने दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, निजी क्षेत्रसँगको साझेदारीमा फोहोरको स्रोतमा नै वर्गीकरण गरी दिगो व्यवस्थापनका लागि उपयुक्त स्थानहरुमा ‘सेग्रिगेसन सेन्टर’ निर्माण गरी सोही स्थानमा नै अर्गानिक र ननअर्गानिक फोहोरको प्रकृतिबमोजिमको प्रविधि प्रयोग गरेर पिपिपी मोडेलमा व्यवस्थापन गरिने बताइएको छ । आफ्नै वडामा ल्यान्डफिल साइटको व्यवस्थापन गर्ने वडालाई विशेष प्रोत्साहन गरिने दाहालको भनाइ छ ।

भरतपुर महानगरमा दैनिक ७० टनभन्दा बढी फोहोर निस्किने गर्छ । महानगरका २९ वडामध्ये १२ वटा वडाका घरबाट शुल्क उठाउने जिम्मा निजी क्षेत्रलाई दिइएको छ । फोहोर व्यवस्थापनमा महानगरले वार्षिक तीन करोड रूपैयाँभन्दा बढी खर्च गर्छ भने पसल तथा व्यापारिक प्रतिष्ठानबाट गरी वार्षिक दुई करोड ३६ लाख रूपैयाँभन्दा बढी रकम उठाउँछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया
कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली
जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

लोकप्रिय

चितवनका युवालाई माल्टा पठाउने प्रलोभनमा पारि लाखौँ ठगि गरि फरार

आजको राशिफल
आज मिती २०७९ श्रावण २० गतेको राशिफल

आजको राशिफल
आज साउन १८ गते बुधबारको राशिफल

जाजरकोटका सुब्बा देखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

गैरीबारी झरना सरसफाइ अभियानमा सोच परिवर्तन नेपाल

ताजा

स्थानीय तहजस्तो आगामी निर्वाचनमा मतपत्रमा मतदातालाई समस्या हुन्नः प्रमुख आयुक्त थपलिया

कांग्रेसमा एक ठाउँ पनि एमालेसँग एक्लै लड्ने आँट छैन : प्रदीप ज्ञवाली

जसपासँग सरकारमा बसेर काम गर्न कठिनाइ छैनः राजेन्द्र महतो

बागमतीमा करारका कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिइने

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.