खैरहनी। न्युरो टिप्न जानेक्रममा रत्ननगर-१४ माधवपुर घर भई खैरहनी- १ साहीचोक बस्ने ३४ वर्षिया कल्पना श्रेष्ठ रिजालको मंगलबार दिउँसो करिब ३.१५ मा खैरहनी-६ तुलसीपुर स्थित लदरी खोलाको डिलबाट चिप्ली खोलाले बगाएर मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय खेरहनीबाट खटिएको १५ जनाको उद्दार टोलीले खोजतलास गर्दा घटनास्थलको अन्दाजी १० मिटर तल बगाई खोलामा रिजालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।