आज मिति २०७९ असार १५ गते बसेको लियो क्लब अफ भरतपुर युथको बार्षिक साधारण सभा बाट आगामी ला.बर्ष २०२२/२३ का लागी अध्यक्ष जस्तो गरिमामय पदमा लियो कृष्ण रिमाल (ह्यारी) निर्वाचित हुनुभएको छ । निरन्तर ५ बर्ष देखी लियो क्लब अफ भरतपुर युथमा निरन्तर समाजसेविको रुपमा कार्य गर्दै आउनु भएका रिमाल हाल द्वित्तीय उपाध्यक्ष हुनुहुन्थ्यो।
यसै गरि प्रथम उपाध्यक्षमा लियो नविन पौडेल, द्वित्तीय उपाध्यक्षमा लियो गोविन्द पौडेल, सचिवमा लियो विष्णु भट्टराई, सह-सचिवमा लियो अनिकेत भुषाल, कोषाध्याक्षमा लियो दिपा पोखरेल र सह-सचिवमा लियो सुदिप पौडेल सर्वसम्मत मनोनित हुनु भएको क्लबका सल्लाहाकार सुशील पौडेलले बताउनु भयो ।