भरतपुर । बिहीबार दिउँसो ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं–२३ जगतपुरस्थित लक्ष्मी माविको फलामको गेट ढलेर कक्षा २ का ७ वर्षीय हिरा भण्डारी घाइते भएका छन् ।
घाइते बालकलाई निजको बुबा गिरबहादुर भण्डारीले चितवन मेडिकल कलेजमा उपचारपश्चात डिस्चार्ज गरी घर लगेको प्रहरीले जनाएको छ ।