चितवन, असार ३२:चितवनको मनकामना केबुकार नजिकै ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार बेलुकी काठमाण्डौबाट नारायणगढ तर्फ आउँदै गरेको ना ८ ख ८६७१ नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तगरत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित केबुलकार नजिकै सडकबाट ट्रक १५० मिटर तल त्रिशुली नदि किनारमा खसेर दुर्घटना भएको हो ।
दुर्घटना परी ट्रक चालक बर्दिया जिल्ला बाँसगडी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ का दिल बहादुर चौधरी र सहचालक सोही स्थानका वर्ष २४ को सागर चौधरी घाइते भएको चितवन प्रहरीले जनाएको छ ।