राप्ती । राप्ती नगरपालिका वडा नं-९ का स्थानीय वृद्ध रामबहादुर बोहोराको घर नगर प्रमुख शमसेर लामाले बनाइदिने प्रतिबद्धता जनाएका छन् ।
मेयर शमशेरले आर्थिक अभावका कारणले झुप्रो तथा चुहिने घरमा बस्दै आएका बोहोरा परिवारलाई दसैँसम्म टिनले छाएको नयाँ घर बनाइदिने भएका छन् ।
चुनावताका भोट माग्न जादा माटोले लिपेको झुप्रो घर देखेपछि त्यसबेला घर बनाइदिने प्रतिबद्धता व्यक्त गरेकोमा नगर प्रमुख भएपछि स्थानीय बोहोराको घरमै पुगेर दसैँसम्ममा नयाँ घर बनाइदिने उनले् बताए ।
वृद्ध बोहोराको घरमा खानेपानीको धारासमेत जडान गरिदिने उनले बताए । त्यस्तै आर्थिक अभावको कारणले खानेपानीको धारा जोड्न नसकेका सोही वडाका रामबहादुर तामाङ्गको घरमा समेत धारा जडान गरिदिने उनको भनाइ छ ।