• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ५ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ५ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • ६ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • ७ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • ७ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • ७ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • ७ घण्टा 

देश चरम राजनीतिक अवस्थामा जेलिएको छ: रवि लामिछाने
  • ८ घण्टा 

निहारिका राजपूतद्वारा राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ४. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ५. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

  • १०. तपाइंको आजको भाग्यफल यस्तो छ

चितवन राष्ट्रिय निकुञ्जमा मरे २०४ वन्यजन्तु, २२२ को उद्धार

  •   ३ हप्ता अघि

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन्। निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २९ प्रजातीका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन्।

तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन्। कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो। १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ। सबैभन्दा धेरै चित्तल मरेका छन्।

निकुञ्जका अनुसार ८६ वटा चित्तल मरेका हुन्। तीमध्ये कुकुरको आक्रमणबाट मात्रै ५२, प्राकृतिक कारणले १५, तारजालीमा परेर १४ र सडक दुर्घटनाबाट चार चित्तलको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। एउटाको भने कारण खुलेको छैन।

संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन्। तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैंडा चोरी शिकारीले मारेका हुन्। एउटाको कारण खुलेको छैन। एउटा गैंडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो।

त्यस्तै, छ वटा बाघ प्राकृतिक कारण (उमेर पुगेर, विरामी भएर आदी)ले मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। छ वटै बाघ उपचारको क्रममा मरेको उनले बताए। १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन्। इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन्।

जरायो र बँदेल १०/१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्ध लगायतका वन्यजन्तु एक/एक वटा मरेका छन्। घडीयाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिंगर दुई लगायत साना प्रजातीका जनावर पनि मरेका छन्।

निकुञ्जले गत आवमा तीन गैंडासहित १९ प्रजातीका २२२ वन्यजन्तुको उद्धार गरेको छ। सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको तिवारीले जानकारी दिए। एक किंग कोब्रासहित सात सर्पको उद्धार गरिएको छ।

त्यस्तै, चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एक/एक वटा उद्धार गरिएको उनले बताए। चार लगुना, तीन निर विरालो, दुई निलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको छ।

निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गत आवमा ५४९ जनालाई पक्राउ गरेको छ। सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए। गैंडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ।

संरक्षित वन्युजन्तुको चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैंडा शिकारी हुन्। जाजरकोट शिवालय गाउँपालिका-२ डुङग्रा बस्ने वीरबहादुर बस्नेत, तनहुँ शुक्लागण्डकी नगरपालिका-२ बस्ने कमल गुरुङ, २२ वर्षदेखि फरार चितवन कालिका नगरपालिका-१ बस्ने कृष्ण प्रसाद न्यौपाने, कालिका नगरपालिका-२ बस्ने राजन प्रजा र राप्ती नगरपालिका-१० बस्ने रामकुमार प्रजालाई पक्राउ गरिएको तिवारीले जानकारी दिए।

त्यस्तै, बाघको छाला बिक्री खरिदको कसुरमा विगत १६ वर्ष देखि फरार तनहुँ जिल्ला देवघाट गाउँपालिका चुन्दुली बस्ने विष्णु बहादुर गुरुङलाई पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ताजा

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.