• चितवन खबर
  • मुख्य समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • विश्व
  • कृषि
  • प्रविधि
  • मनोरन्जन
  • विविध
×
शनिबार, साउन २८, २०७९
शनिबार, साउन २८, २०७९
    • चितवन खबर
    • मुख्य समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थ
    • विश्व
    • कृषि
    • प्रविधि
    • मनोरन्जन
    • विविध
    ☰

भर्खरै

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
  • ३१ मिनेट 

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
  • ४ घण्टा 

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण
  • ११ घण्टा 

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण
  • ११ घण्टा 

चितवनका असन्तुष्ट काङ्ग्रेसलाई आग्रह : अलग्गै गतिबिधी नगर्नुस , कारवाही फिर्ता हुन्छ ।
  • १२ घण्टा 

अफगानिस्तानमा तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
  • १३ घण्टा 

आगामी निर्वाचनका लागि शुक्रबारसम्म आयोगमा ३३ दल दर्ता
  • १३ घण्टा 

चितवन मेडिकल कलेजले गर्यो नवजात शिशुको दुर्लभ शल्यक्रिया
  • १४ घण्टा 

सभापति देउवाले एकतर्फी ढंगले पार्टी चलाएको भन्दै शेखर कोइराला समूह असन्तुष्ट
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

  • २. भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

  • ३. पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

  • ४. प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

  • ५. काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

  • ६. ओशोका सन्न्यासीहरू किन अन्तिममा ढल्छन् ? यस्तो छ वास्तविकता

  • ७. चीन ताईवान विवाद किन?

  • ८. हजारको नोटमा भएका जुम्ल्याहा हात्ती अनुशासित र स्वस्थ

  • ९. विभिन्न जिल्लामा मल पठाउन थालियो

  • १०. चितवनको पार्वतीपुरमा श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

आज ४०औँ बीपी स्मृति दिवस

  •   ३ हप्ता अघि

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन्।

वरिष्ठ अधिवक्ता स्व‍ गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको पाइन्छ।

ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन्।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बितारुएका थिए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका को थिए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए। प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो। बीपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण भइरहेको छ।

सङ्ग्रहालयमा बीपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ। बीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा
आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल
भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

लोकप्रिय

चितवनको खैरहनीमा कांग्रेस नगर सचिवसहित १४० जनाद्वारा सामूहिक राजीनामा

भरतपुर ११ बाट तीनलाख रुपैँया सहित काैडा हान्ने १२ जुवाडे पक्राउ

पुरानै भाकामा नया शब्द भरेर बिष्णु माझीको चरी जेलैमा २ सार्वजनिक ( भिडियो )

प्रचण्डलाई चितवन छोडेर गोर्खा १ बाट चुनाव लड्न कार्यकर्ताको आग्रह

काठमाडौँ महानगरको फोहोर बोकेका १८ ट्रकमाथी बन्चरे डाँडामा तोडफोड

ताजा

आजको मौसमः बागमती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

आजको राशिफल
आज मिती २०७९ साउन २८ गतेको तपाइको भाग्यफल

भारतीय मुलका लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

पि.एल मल्टिमिडिया सर्भिस प्राइभेट लिमिटेड द्वारा संचालित यस ( Chitrawankhabar.com ) चित्रवन खबर |

सूचना विभाग दर्ता नम्बर : ३१६५-२०७८/७९

कम्पनि रजिस्टर दर्ता नम्बर : २७७२४६/०७८/0७९

हाम्रो टीम

अध्यक्ष : माधुरी बोराल
बजार व्यवस्थापक: सन्दिप लामिछाने
वेब सम्पादन : डि आर पराजुली
न्युज डेस्क : लक्ष्मी शर्मा
रिपोर्टर : निराज रानाभाट
रिपोर्टर : अशोक कंडेल (बेलायत)

मार्केटिंग सल्लाहकार : कृष्ण न्यौपाने

स्तम्भकार : राजेन्द्र रेग्मी

 

सम्पर्क

चित्रवन खबर

सम्पर्क कार्यालय : भरतपुर – २० , चितवन
सम्पर्क नबर : ९८८१८८६५८६

इमेल :
contact@chitrawankhabar.com
chitrawankhabar@gmail.com
marketing@chitrawankhabar.com

सहकार्य

निर्माणपाटी सञ्चार प्रा.लि.
बसुन्धरा चौकी, काठमाण्डौं
टेलिफोन: ०१–५९११२११
ईमेल ठेगाना: nirmanpati@gmail.com

सूचना विभाग दर्ता  :  २९९२–२०७८/७९

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • प्राइभेसी पोलिसी
  • हाम्रो टिम
  • विज्ञापन तथा सम्पर्क
  • विज्ञापन दर
Copyright ©2022 Chitrawan Khabar | All rights Reserved.
 Website By :  nwTech.